०४ साउन २०८३, सोमबार

जम्मु कश्मीरमा भारतीय सेनाको हेलिकप्टर दुर्घटनाग्रस्त, पाइलट र कोपाइलटको मृत्यु

असोज ६, २०७८
जम्मु कश्मीरमा भारतीय सेनाको हेलिकप्टर दुर्घटनाग्रस्त, पाइलट र कोपाइलटको मृत्यु

जम्मु कश्मीरको उधमपुरमा मंगलवार भारतीय सेनाको हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार पाइलट र कोपाइलट दुवैको मृत्यु भएको छ । 

हेलिकप्टरमा मेजर अनुज राजपूत र मेजर रोहित कुमार थिए । दुर्घटना शनिवार भएको थियो र उनीहरूलाई हेलिकप्टरबाट बाहिर ल्याएर अस्पताल लगिएको थियो । 

‘हामीले उनीहरूलाई अस्पताल लगेका थियौं तर दुवैको ज्यान गुम्यो,’ एक वरिष्ठ सैन्य अधिकृतले बताए । 

विगत ५० दिनमा सेनाको हेलिकप्टर दुर्घटनाग्रस्त भएको यो दोस्रो घटना हो । 

अघिल्लोपटकको घटनामा रञ्जित सागर बाँधमा हेलिकप्टर ठोकिँदा दुई चालक मारिएका थिए । एकजना मृत पाइलटको शरीर अझै फेला परेको छैन । 
 

salt training

कमेन्ट गर्नुहोस्