०५ असार २०८३, शुक्रबार

सर्पले डस्दा दिदीभाइको मृत्यु

असोज ६, २०७८
सर्पले डस्दा दिदीभाइको मृत्यु
प्रतिकात्मक तस्वीर

सप्तरीमा विषालु सर्पले डस्दा एकै परिवारका दिदीभाइको मृत्यु भएको छ ।

मृत्यु हुनेमा खडक नगरपालिका–२ बेल्हीका १४ वर्षीया सुनिता मण्डल र ९ वर्षीय कृष्ण मण्डल रहेका छन् । 

घरमा सुतिरहेकै अवस्थामा दुवै जनालाई सर्पले डसेको हो । उनीहरूको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको वडाध्यक्ष रामअवतार साहले जानकारी दिए ।

राति सुतेको अवस्थामा दुवैको मुखबाट फिज आएको देखेपछि परिवारका सदस्यहरूले उपचारका लागि अस्पताल लगेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्