![आरपी ग्रुपको दशैं अफर : ब्राण्डेड सामानमा ५० प्रतिशत छुट [भिडियोसहित]](https://lktcdn2.prixacdn.net/media/da_milano_i96ykJnuU6.jpg)
विश्वविख्यात इटालियन फेसन ब्राण्ड ‘दा मिलानो इटालिया’ ले दशैंतिहारको अवसरमा छुटसहितको ‘फेस्टिबल अफर’ सार्वजनिक गरेको छ ।
ब्राण्डेड सामानहरू बिक्री वितरण गर्दै आइरहेको आरपी ग्रुप अन्तर्गतको दा मिलानो इटालिया र रोसो ब्रुनेलोले पनि दशैंतिहारका अवसरमा उपभोक्तालाई ५० प्रतिशतसम्म छुटमा आफ्ना उत्पादन बिक्री गरिरहेको छ ।
विगतका वर्षहरूमा पनि यो अफर लागु हुने गरेको थियो । असोज १ गतेदेखि चलिरहेको यो अफर ३५ दिनसम्म चल्नेछ ।
दा मिलानोका उच्चस्तरीय उत्पादन नेपाली उपभोक्ताहरुले रोजाइमा पर्दै आएको स्टोर प्रमुख ग्रेशा खड्का बताउँछिन् ।
उनका अनुसार, दा मिलानोको उत्पादनमा लाइफटाइम वारेन्टी हुने गरेको छ ।
भिडियो
दा मिलानो इटालिया र रोसो ब्रुनेलोको शोरुम दरबारमार्ग क्यापिटल महलको ग्राउण्ड फ्लोरमा छ ।
त्यहाँ पुगेर ग्राहकले आफूलाई मन परेका सामानहरू विषेश छुटमा लिन सक्नेछन् ।
दा मिलानो पुरुष तथा महिलाको ह्याण्ड ब्याग, बेल्ट, कम्प्युटर ब्याग, वालेट, ट्राभल लगेज लगायतका उत्पादनका लागि प्रसिद्ध छ ।
यस्तै रोसो ब्रुनेलो पुरुष र महिला दुवैका लागि आवश्यक छाला (लेदर)का जुत्ताका लागि चर्चित छ ।



