×

NMB BANK
NIC ASIA

रसुवागढीबाट सवारी साधन आयातमा बृद्धि

असोज ७, २०७८

NTC
Premier Steels

उत्तरी नाका रसुवागढीबाट चीनमा निर्मित सवारी साधन भित्रने क्रम बढ्दै गएको छ ।

Muktinath Bank

चालु आर्थिक वर्षको गत साउनदेखि हालसम्म ट्रक डम्फर ३५, मिनि बस छ, माइक्रोबस १६, कङ्क्रिट मिक्सरलरी तीन, डेलिभरी भ्यान दुई, ठूलोक्रेन एक, ब्याट्रीबाट चल्ने विद्युतीय कार चार, ट्रेलर ५८, विद्युतीय मोटर १६, विद्युतीय स्कुटर चार, ट्रक छ र साइकल ३६ आयात भएको प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले जानकारी दिए  । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

    गत आवमा रसुवागढी नाकाबाट  साना– ठूला गरी ५६८ सवारी साधन स्वदेश भित्रिएका थिए । यस वर्षमा सवारी साधनको आयात भारी मात्राले बढ्ने सङ्केत देखिएको हो । कोभिड रोगको सङ्क्रमण बढेसँगै चिनियाँ सवारी साधन रसुवागढीको मितेरी पुलसम्म चिनियाँ सवारी चालकले ल्याउने गरेको र भन्सार जाँचपास भएपछि नेपाली चालकले आफ्नो गन्तव्यतर्फ लाने गरेको सो कार्यालयका प्रवक्ता नरेन्द्र चौधरीले बताए । 


Advertisment
Nabil box
Kumari

निर्माणाधीन विभिन्न जलविद्युत् आयोजनाको लागि आवश्यक पर्ने उपकरणसमेत रसुवागढी नाकाबाट आयात भइरहेको कार्यालयले जनाएको छ । आयात हुने अन्य सामग्रीमा तयारी पोशाक, मोबाइल फोन, जुत्ता, चप्पल, कम्युटरका पार्टस, विद्युतीय पार्टपुर्जा, स्याउ, ओखर, लसुन, थर्मसलगायत छन् ।

Vianet communication

यस्तै बडादशैँ नजिकिँदै व्यवसायीले  स्याउ आयातमा समेत तिव्रता दिन थालेका छन् । यही असोज १ गतेदेखि आजसम्म २४ कन्टेनर अर्थात् २४० टनभन्दा बढी परिमाणको स्याउ आयात भइसकेको छ । व्यवसायी धर्म पौडेलका अनुसार नेपाली बजारको माग आपूर्ति सहज पार्न फलफूलको साथसाथै सवै प्रकारका सामग्री आयातको व्यवस्थापनमा व्यापारी व्यवसायी व्यस्त छन् ।

उत्पादक कम्पनीलाई  समान माग गरेपश्चात्  छिटो छरितो तवरले चिनियाँँ मुसा टासपोर्ट कम्पनीले  रसुवागढीसम्म ढुवानी गर्ने गरेको बताइन्छ । चालु आवको साउनदेखि हालसम्म चीनबाट आयात भएका सामग्रीबाट नियमानुसारको शुल्कबापत कूल रु एक अर्ब ५९ लाख नौ हजार ४८ राजस्व असुली भएको छ । इन्टरनेट तथा विद्युत्को अवरोध भइरहँदा आयात भएका सामग्रीको जाँचपासका कठिन भएको छ ।

रसुवामा प्राय सवै प्रकारका प्रविधि भित्रिए पनि दिगो र भरपर्दाे हुन सकेको छैन । इन्टरनेटकै अभावमा भन्सार राजस्व असुलीमा बाधा पुगि रहेको भन्सार कार्यालयले जनाएको छ ।

कार्य सञ्चालन गर्न विद्युत्का लागि जेनेटर प्रयोग गर्ने गरिएको र इन्टरनेट सञ्चालनको लागि नेपाल टेलिकमसँग अनुरोध भइरहेको प्रमुख भन्सार अधिकृत रेग्मीले जानकारी दिए ।

अधिकांश समय स्याफ्रुबेँसीदेखि रसुवागढीसम्मको राजमार्ग अवरूद्ध भइरहँदा जाँचपास भएका मालबाहक सवारी साधन पार गराउन तीन दिन लाग्ने  समस्या भइरहेको बताइन्छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x