मंसिर ५, २०८०
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
भारतका विदेशसचिव हर्षवर्धन शृंगलाले अमेरिका, बेलायत र अस्ट्रेलियाबीचको अकिस सम्झौताले क्वाडलाई अवमूल्यन नगरेको मंगलवार बताएका छन् ।
अंग्रेजीभाषी मुलुकहरूबीचको त्रिपक्षीय सम्झौताका कारण क्वाडप्रति अमेरिकाको प्रतिबद्धताका विषयमा भारतमा आलोचनाहरू भइरहेका छन् ।
अमेरिकाले भारतलाई हिन्द प्रशान्त साझेदारका रूपमा वर्णन गर्ने गरेको छ । भारत, अमेरिका, जापान र अस्ट्रेलिया सहभागी भएको क्वाडको शिखर सम्मेलन शुक्रवार ह्वाइट हाउसमा हुने भएको छ ।
अकिस सम्झौताअन्तर्गत अस्ट्रेलियाले ब्यालिस्टिक क्षेप्यास्त्र सहितको पनडुब्बी अमेरिका र बेलायतसँग मिलेर बनाउने भएको छ । क्वाडलाई एकातिर राख्दै अमेरिकाले गरेको यस सम्झौताका कारण अमेरिका पूर्वानुमान गर्न नसकिने साझेदार हो भन्ने कुरालाई पुनः प्रमाणित गरेको छ । नरेन्द्र मोदी भारतको प्रधानमन्त्री बनेदेखि भारतसँग रक्षा र आर्थिक मामिलामा निकट सम्बन्ध कायम गरिरहेका छन् ।
अकिस सम्झौतासँगै वाशिङटन र दिल्लीबीचको सम्झौता थप जटिल बनेको छ किनकि अस्ट्रेलियालाई सजिलै आणविक ऊर्जा उपलब्ध गराउने अमेरिकाले भारतलाई पनडुब्बीका लागि आणविक प्रविधि वा विमानवाहक युद्धपोत दिन आनाकानी गरिरहेको छ ।
भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहका सल्लाहकार रहेका सञ्जय बारुले अमेरिकाको भर नभएकाले भारतले त्यही अनुसारको बाजी खेलिरहेको बताए । अफगानिस्तानबाट अमेरिकाको बेइज्जतीपूर्ण बहिर्गमन तथा उक्त निर्णयका कारण नयाँ दिल्लीले बेहोर्नुपरेको आतंकवादको जोखिमका कारण भारतले यस्तो बाजी खेल्नुपरेको हो ।
बारुले हालको समयमा भारतको भूराजनीतिक सक्रियता देखिएको बताए । प्रधानमन्त्री मोदी शांघाई सहयोग संगठनका नेताहरूको बैठक तथा ब्रिक्स शिखर सम्मेलनमा सहभागी बनेको अनि विदेशमन्त्री एस जयशंकरले चीन, रुस र इरानका समकक्षीहरूसँग हालैका महिनामा गरेको द्विपक्षीय भेटवार्ताबाट यस्तो सक्रियता झल्किएको उनको भनाइ छ ।
‘भारतले बल्ल आएर एक्काईसौं शताब्दीको द्रुत परिवर्तित विश्वको बारेमा थाहा पाउन थालेको छ र जोखिमहरूको विविधीकरण गर्न थालेको छ,’ बारुले बताए । सबै कुरालाई एउटै डालोमा राखेर हेर्दा खतरा हुने विषयमा पनि उनले सचेत गराएका छन् ।
चीनबाट जोखिम अनुभव गरेर नयाँ दिल्लीले अब अमेरिकासँग पूर्ण साझेदारी गर्नुपर्ने भनी भारतको परराष्ट्रनीति संस्थापन पक्षले धारणा बनाएको भए पनि त्यो गलत भएको बारुको भनाइ छ । भारतले आफ्नो विवेक प्रयोग गर्नुपर्ने उनले बताए ।
अमेरिकी नेतृत्वको अंग्रेजीभाषी समूह र चिनियाँभाषी समूहबीचको द्विध्रुवीयता भन्दा पनि संसार द्विबहुपक्षीयतातर्फ विश्व अघि बढिरहेको बारुको तर्क छ । भारत, रुस, फ्रान्स, जापान र जर्मनी जस्ता मध्यमशक्तिहरूले आफ्नो चासो कि अमेरिका कि चीनसँग जोड्ने अनि खेमाको प्रमुख शक्तिसँगको भिन्नता पनि कायम राख्ने देखिन्छ ।
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...