गोदाममै थन्कियो पीसीआर मशिन

रामेछापमा कोरोना परीक्षणको लागि ल्याएको पीसीआर मशिन जिल्ला अस्पतालको गोदाममा थन्किएको छ ।


Advertisement

गत साउन २४ गते ल्याएको पीसीआर मशिन सम्बन्धित निकायको ढिलासुस्तीका कारण गोदाममै थन्किएको हो । 


Advertisement

कोरोना परीक्षणको दर बढाउन बागमती प्रदेश सरकारको सहयोगमा मशिन ल्याइएको थियो । मशिन गोदाममा थन्किँदा कोरोना भाइरसको परीक्षणका लागि स्थानीय नागरिक काठमाडौं, सिन्धुली, काभ्रेको धुलिखेललगायत ठाउँ धाउनुपर्ने बाध्यता छ ।

मशिन थन्किँदा समेत सरोकारवाला बेखबर भएको  मानवअधिकार संरक्षण सञ्जालका जिल्ला संयोजक पाण्डवप्रसाद प्रसाईंले बताए ।


Advertisement

जिल्ला अस्पतालका निमित्त प्रमुख दीपेन्द्रनारायण श्रेष्ठ भने मशिन सञ्चालनको तयारी भइरहेको बताउँछन् । ‘मशिन मात्रै आएर हुँदैन, सञ्चालन गर्न संरचना र दक्ष जनशक्ति चाहिन्छ, त्यो अब पूरा हुँदैछ,’ उनले भने, ‘चाँडै परीक्षण सेवा शुरू हुन्छ ।’

जिल्ला अस्पतालमा पीसीआर मशिन राख्न र अक्सिजन प्लान्ट राख्न आवश्यक संरचना निर्माण गर्ने काम अन्तिम चरणमा पुगेको उनले जानकारी दिए । जिल्लामा हालसम्म कोरोना संक्रमणबाट २३ जनाको मृत्यु भइसकेको छ । ३ हजार १२१ जना संक्रमित भएकामा ३ हजार ८० संक्रमणमुक्त भइसकेका छन् । 
 

कमेन्ट गर्नुहोस्