४ असार –सरकारले आगामी आर्थिक वर्ष (आव) २०७४/७५ का लागि बजेट कार्यान्वयनको अख्तियारी प्रदान गरेको छ । अर्थ मन्त्रालयले आगामी आवको बजेट कार्यान्वयनका लागि आवश्यक तयारीका लागि पनि पत्राचार गरेको छ ।
व्यवस्थापिका संसदमा विनियोजित विधेयक पेश भइसकेको र बजेट पारित भई ऐन प्रारम्भ भएको मितिले कार्यान्वयनमा जाने मन्त्रालयले जनाएको छ ।
बजेट कार्यान्वयनमा जानुअघि गर्नुपर्ने प्रशासनिक, प्राविधिक एवं कानूनी प्रक्रियाहरू असार मसान्तभित्र सम्पन्न गर्न पनि मन्त्रालयले निर्देशन दिएको आजको कारोवार दैनिकमा समाचार छ ।