२६ जेठ २०८३, मंगलबार

क्रिकेटर शाहिद अफ्रिदी नेपाल आइपुगे

क्रिकेटर शाहिद अफ्रिदी नेपाल आइपुगे

पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदी चौथौं संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगिता खेल्न बिहीवार काठमाडौं आइपुगेका छन् ।

शनिवारबाट कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा आयोजन हुने ईपीएल खेल्न पाकिस्तानका अलराउन्डर बिहीवार नेपाल आइपुगेका हुन् ।

बिहीवार दिउँसो त्रिभुवन विमानस्थल ओर्लिएका अफ्रिदिलाई ईपीएलका निर्देशक अमिर अख्तरले स्वागत गरे । उनी सम्मिलित टोली काठमाडौं किंग्स इलाभेनका पदाधिकारीले पनि स्वागत गरेका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि पाकिस्तानी खेलाडी शाहिद अफ्रिदीले नेपाल र नेपालीले दिने सत्कार, सम्मान निकै राम्रो भएको भन्दै यहाँ आउँदा पाकिस्तान जस्तै घर लागेको प्रतिक्रिया दिए ।

नेपाल राम्रो देश भएको भन्दै अफ्रिदीले नेपाल भ्रमण गर्न पाउँदा खुशी लागेको बताए । उनले आफ्नो लक्ष्य नेपाली जनता र क्रिकेटलाई साथ र सहयोग गर्न नेपाल आएको विमानस्थलमा ओर्लिएपछि प्रतिक्रिया दिए ।

अफ्रिदी चौथौ संस्करणमा ईपीएल खेल्ने उच्च प्रोफाइलका खेलाडी हुन् । अफ्रिदीले नेपाल बसाइको क्रममा काठमाडौं किंग्स इलाभेनबाट ललितपुर प्याट्रियट्र्सविरुद्ध र विराटनगर वारियर्सविरुद्ध खेल खेल्ने छन् ।

विश्वमा चर्चा कमाइसकेका अफ्रिदिले विश्वका प्रायःजसो फ्रेन्चाई प्रतियोगिता खेलिसकेका छन् । ४१ वर्षीय अफ्रिदीले पाकिस्तानबाट २७ टेस्ट, ३९८ एक दिवसीय, ९९ ट्वान्टी–२० अन्तर्राष्ट्रिय र १० वटा इन्डिय प्रिमियर लिग (आईपीएल) र ३३२ ट्वान्टी–२० खेल खेलेका छन् । 

चौथौ संस्करणको ईपीएल शनिवारबाट २३ गतेसम्म आयोजना हुँदैछ । ६ टोलीले सहभागिता जनाएको प्रतियोगिताको विजेताले ५० लाख र उपविजेताले १५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । 

salt training

कमेन्ट गर्नुहोस्