२६ जेठ २०८३, मंगलबार

महासंघले थाल्यो बस्तुगत संघका पदाधिकारीसँग छलफल, समस्या समाधानका लागि पहलको प्रतिबद्धता

महासंघले थाल्यो बस्तुगत संघका पदाधिकारीसँग छलफल, समस्या समाधानका लागि पहलको प्रतिबद्धता

नेपाल उद्योग वाणिज्य महासंघले हालै निर्वाचन सम्पन्न भई नयाँ नेतृत्वमा आएका सदस्य वस्तुुगत संघहरू फ्लोरीकल्चर एसोसिएसन अफ नेपाल, एलपि ग्यास उद्योग संघ र नेपाल हिमालय सिमापार वाणिज्य संघका पदाधिकारीहरुलाई स्वागत गरेको छ। 

निर्वाचित समूहको भावी कार्ययोजना तथा सम्बन्धित क्षेत्रका गुनासाहरू समेत सुन्ने उद्देश्यले महासंघले वस्तुुगत संघका नवनिर्वाचित टिमको स्वागत एवं बधाई कार्यक्रमको श्रृंखला शुुरु गरेको हो। महासंघले यसअघि नेपाल औषधि उत्पादक संघको नवनिर्वाचित टिमको स्वागत गरेको थियो भने केही दिन भित्र थप केही वस्तुुगत संघका नवनिर्वाचित टिमको स्वागत गर्ने तयारी गरेको छ । 

कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले संघका निर्वाचित पदाधिकारी र कार्य समिति सदस्यहरूसँग अन्तर्कृयासमेत गरका छन्। 

फ्लोरीकल्चर एसोसिएनका अध्यक्ष मीन बहादुर तामाङले कोभिडका कारण पुुष्प व्यवसाय क्षेत्रले ठूलो नोक्सानी व्यहोर्नु परेकाले राहत उपलव्ध गराउनुपर्ने, स्वदेशी पुष्प प्रवद्र्धनका लागि आयातित फूल प्रतिवन्ध लगाउनुु पर्ने, पुुष्प नीतिलाई संघीय संरचना अनुसार परिमार्जन गर्न महासंघले सहयोग गर्नुुपर्ने सुुझाव दिएका थिए। 

नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष कुशप्रसाद मल्लीले ठूलो लगानी रहेको एलपि ग्यांस उद्योगहरूलाई राज्यले हेर्ने नजरमा परिवर्तन गर्नुपर्ने बताए। उनले केवल खाना पकाउने इन्धनको रुपमा मात्र नलिई अन्य औद्योगिक प्रयोजनका उपायहरू पनि पहिल्याउनुु पर्ने लगायतका सुुझाव राखेका थिए।  संघमा हाल ५८ वटा ग्यास उद्योगहरू आवद्ध रहेका छन। एलपि ग्यास उद्योगमा करिव ११ सय करोड लगानी रहेको छ भने करिव २२ देखि २५ हजारले प्रत्यक्ष रोजगारी पाएका छन्। 

हिमालय सिमापार वाणिज्य संघका अध्यक्ष अशोककुमार श्रेष्ठले उत्तरी छिमेकी देशसँग जोडिएका खासगरी तातोपानी र रसुुवाका व्यापारिक नाकाहरू सुुचारु नभएको र चीनसँगको व्यापार पूर्वावस्थामै फर्कन नसक्दा चीनसँग व्यापार गर्ने व्यवसायीहरू निकै ठूलो आर्थिक मारमा परेकाले महासंघले तत्काल नेपाल सरकार तथा चिनिया राजदूतावासमा यस सम्बन्धमा अविलम्व पहल गरी समस्या समाधानमा सहयोग गर्नुपर्ने सुुझाव दिए।

महासंघका अध्यक्ष गोल्छाले स्वदेशी पुष्प व्यवसाय प्रवद्र्धन गर्नुपर्नेमा आफ्नो पनि जोड रहेको बताए। उनले कोभिडबाट थलिएका पुुष्प व्यवसायीका समस्या समाधानमा महासंघले पहल गर्ने, पुुष्प नीति संशोधनको विषयलाई महासंघको वस्तुुगत परिषद मार्फत अगाडि बढाउने विश्वास दिलाए। 

एलपि ग्यासका सम्बन्धमा सरकारसँग बसेर छलफल गर्ने, चीनसँगको व्यापारिक नाका पूर्वावस्थामै संचालन गर्न छिट्टै महासंघको नेतृत्व संघका पदाधिकारी समेत सम्मिलित टोलीले चिनिया राजदूत र नेपाल सरकारको सम्बन्धित निकायमा भेटी ठोस पहल गर्ने प्रतिवद्धता जनाए।

वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले वस्तुुगत संघहरूको वास्तविक समस्या पहिल्याई समस्या संवोधनमा यो कार्यक्रमले सहयोग गर्ने बताए। महासंघको वर्तमान टिम उद्यमी व्यवसायीहरूको समस्या समाधान, मुुलुकको अर्थतन्त्र निर्माण, आर्थिक व्यवसायिक विकासका मुुद्दामा निरन्तर खटिरहेकाले यसमा सवै सदस्य संघहरूको हातेमालो आवश्यक रहेको धारणा राखे। 

कार्यक्रममा महासंघको वस्तुुगत परिषद्का सभापति एवं उपाध्यक्ष अन्जन श्रेष्ठले निर्वाचित टिमलाई बधाई एवं शुुभकामना दिंदै महासंघले सदस्य वस्तुुगत संघहरूसंग सधै नजिकमा रहेर उनीहरूका समस्या एवं गुनासा सुुनी त्यसलाई संवोधन गर्ने प्रयास गर्ने बताए। 

महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ र रामचन्द्र संघईले महासंघले आफना सदस्यहरूको समस्या समाधानमा सधै उच्च प्राथमिकता दिएको बताए। 

salt training

कमेन्ट गर्नुहोस्