१७ असार २०८३, बुधबार

भैरहवा पुगेर देउवामाथि यसरी खनिए राजेन्द्र महतो

कात्तिक २०, २०७४
भैरहवा  पुगेर देउवामाथि यसरी खनिए राजेन्द्र महतो
भैरहवा, ४ असार - राजपा अध्यक्षमण्डलका अध्यक्ष राजेन्द्र महतोले अहिले देउवा सरकारको क्रियाकलापले शाहीकालको झझल्को दिरहेको आरोप लगाएका छन् ।rajendra_mahato_copy3

आईतवार बिहानै भैरहवामा संचारकर्मीहरूसँग कुरा गर्दै महतोले 'अहिले देउवा सरकारले मधेशीको माग पूरा गरी चुनाव गराउनुको साटो मधेश भरी राजपा नेता कार्यकर्ता माथि दमन गर्नुको साथै अमानवीय ब्यवहार गर्दै नियन्त्रणमा लिईरहेको' आरोप लगाए । देउवाले २०५२ सालमा माओवादीलाई वेवास्ता गरेर देशले ठूलो क्षती ब्यहोरेको र फेरी मधेशीलाई वेवास्ता गरेर ठूलो ग़लती गरिरहेको र यसको ठूलो मुल्य देशले चुकाउनुपर्ने चेतावनी समेत महतोले दिए ।

महतोले, बिगतमा पनि शाहीकालमा राजाले नेता कार्यकर्तालाई नियन्त्रणमा लिएर चुनाव गराएको र त्यसको कुनै अर्थ नरहेको जस्तै देउवा सरकारले गराएको चुनावको पनि कुनै अर्थ नरहने बताए । महतोले हिजो मात्र नवलपरासीमा शान्तिपूर्ण बिरोध सभा भईरको स्थानमा आँशु ग्यासको साथै गोलि प्रहार गरेर सरकारले क्रूरताको सबै सीमा नाघेको आरोप लगाए ।

स्थानीय निर्वाचन मनोनयन दर्ता (लाइभ अपडेट)

salt training

कमेन्ट गर्नुहोस्