
बलिउड नायिका मलाइका अरोडा अहिले साथीहरूसँग पार्टी गर्न तथा रमाउन व्यस्त छिन् ।
उनले बिहीवार चर्चित डिजाइनर मनीष मल्होत्राको घरमा पुगेकी थिइन् ।
यस मौकामा उनले गौरी खान, करिश्मा कपूर तथा अन्य सेलिब्रेटीहरूसँग भेटिन् ।
त्यो कार्यक्रममा मलाइकाले निकै राम्रो कालो ड्रेस लगाएकी थिइन् ।
हाई स्लिट ड्रेसमा उनी निकै राम्री देखिएकी थिइन् ।
उनको तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
