०५ असार २०८३, शुक्रबार

नारायणहिटी छिरेर श्रीपेच चोर्ने प्रयास, सिसा फुटाइसकेको अवस्थामा सेनाले जोगायो

नारायणहिटी छिरेर श्रीपेच चोर्ने प्रयास, सिसा फुटाइसकेको अवस्थामा सेनाले जोगायो
फाइल तस्वीर।

नारायणहिटी दरबार संग्रहालयमा राखिएको श्रीपेच निकाल्न खोज्ने एकजनालाई नेपाली सेनाले नियन्त्रणमा लिएको छ । 

सुरक्षामा खटिएका नेपाली सेनाले उनलाई पक्राउ गरेको हो । 

शुक्रवार बिहान अवलोकन गर्न पुगेका पश्चिम रुकुम मुसिकोट-११ का खीमबहादुर घर्तीले सिसा फुटाएर श्रीपेच निकाल्ने प्रयास गरेका थिए ।

सिसा फुटाउँदा उनको हातसमेत काटिएको छ। उनलाई अहिले सेनाले नियन्त्रणमा राखेको छ।

salt training

कमेन्ट गर्नुहोस्