०५ असार २०८३, शुक्रबार

यमाहाको महाएक्सचेन्ज मेला : जहाँ पाइनेछ उपहारै उपहार

यमाहाको महाएक्सचेन्ज मेला : जहाँ पाइनेछ उपहारै उपहार

नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेज दशैँतिहारलाई लक्षित गर्दै महामेला आयोजना गरेको छ । 

महामेलामा पुरानो बाइक दिएर नयाँ यामाहा बाइक वा स्कुटी लिन सकिने इन्टरप्राइजेजले जनाएको छ । 

आजबाट भृकुटीमण्डपमा शुरू भएको मेला असोज १५ सम्म चल्नेछ । 

पुराना कुनै पनि ब्राण्डका बाइक तथा स्कूटीहरुसँग सट्टापट्टा गर्ने समेत सुविधा भएको उक्त महामेलामा कुनै पनि पुरानो बाइकको मूल्य बजारमा प्रचलित रहेको भन्दा १० हजार बढी मूल्यांकन गरिने एमएडब्लुले जनाएको छ ।

साथै हरेक दिन टेस्ट राइड गर्नेहरूमध्येबाट एकजनालाई सुन उपहारको व्यवस्था गरिएको छ । शून्य प्रतिशत ब्याजदर, न्यून डाउनपेमेन्ट र न्यून मासिक किस्तासहितको अन द स्पट फाइनान्सको सुविधा पनि रहेको एमएडब्लुले जनाएको छ । 

एमएडब्लुका अनुसार उपहार सुविधाका साथै एफजेड भि ३ को यामाहा बाइक नयाँ प्रविधि एक्स कनेक्टका साथ पेश गरिनेछ । 

‘उपभोक्ताहरूका लागि दशैं तिहारको अवसर पारेर स्क्य्राच गर्दा १ लाखसम्म नगद उपहार पर्ने तथा हरेक हप्ता लक्की ड्रमा ४ तोला सुनको एक्का र बम्परमा १२ तोला सुनको एक्का उपहार पर्ने रेस फर द एस अफर योेजना पनि सञ्चालन गरिरहेका छौँ,’ एमएडब्लु इन्टरप्राइजेज विज्ञप्ति जारी गर्दै भनेको छ ।

salt training

कमेन्ट गर्नुहोस्