
पछिल्लो २४ घन्टामा १४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ६९० नमूना परीक्षणमध्ये ११०३ पीसीआर र ३७३ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।
यससँगै नेपालमा हालसम्म ८ लाख ८० हजार १५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएसँगै कुल मृत्यु संख्या ११ हजार ८१ पुगेको छ ।
मन्त्रालयका अनुसार थप एक हजार ५५० जना संक्रमणमुक्त भएका छन् ।
यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ७ लाख ५८ हजार ५०४ पुगेको छ ।
हाल मुलुकभर २० हजार २८७ सक्रिय संक्रमित छन् ।