११ असार २०८३, बिहीबार

ईपीएल जित्नु हाम्रो लक्ष्य : पोखरा राइनोज

ईपीएल जित्नु हाम्रो लक्ष्य : पोखरा राइनोज

शनिबारदेखि त्रिवि क्रिकेट मैदानमा शुरु हुन लागेको एभरेष्ट प्रिमियर लिग (ईपीएल)मा बलियो दाबेदारी प्रस्तुत गर्ने पोखरा राइनोजले जनाएको छ ।

बिहीवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा पोखरा राइनोजका टिम म्यानेजर दीपा सिंह अग्रवालले यसपटक राइनोजको टिम बलियो भएको दाबी गरिन् ।

‘यसपटक टिम मजबुत पार्न हामीले अक्सनदेखि नै ध्यान पु¥याएका छौं, टिममा अलराउण्डर खेलाडीको वर्चश्व छ,’ उनले भनिन्, ‘यसपटक हाम्रो लक्ष्य जित हो, तर खेलको नतिजा जता पनि जान सक्छ, यद्यपि राइनोजका सबै खेल रोमाञ्चक हुने आशा लिएकी छु ।’


उनले राइनोजले सुन्दर शहर पोखरालाई छातीमा टाँसेर मैदान उत्रन लागेको बताउँदै पोखरेलीहरूको साथ र माया पाउने अपेक्षा रहेको बताइन् ।

जम्प नेशनको स्वामित्वमा रहेको राइनोजले प्रतियोगितालाई आफ्नो पक्षमा पार्नका लागि विभिन्न रणनीति तय गरेको छ । जसअन्तर्गत उसले विगतको प्रस्तुतिलाई अध्ययन गर्दै यस प्रतियोगिताका लागि मुख्य प्रशिक्षक, बलिङ प्रशिक्षक र फिल्डिङ प्रशिक्षकलाई चयन गरेर सुखद नतिजा निकाल्ने अभियानमा रहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

पत्रकार सम्मेलनमा टिमका प्रमुख प्रशिक्षक उमेश पटवाल, टिम क्याप्टेन विनोद भण्डारी, बलिङ कोच शक्ति गौचन, फिल्डिङ कोच रिजन प्रजु लगायतले यसपटक राइनोजको टिम चौतर्फी रुपमा सन्तुलित भएको बताए । ण्

राइनोजले नेपाली मार्की खेलाडी राष्टिय टोलीका विनोद भण्डारीको नेतृत्वमा विदेशी खेलाडीलाई पनि समावेश गरेको छ । जसमा दक्षिण अफ्रिकाका रिचार्ड अन्स्ट लेभी जसले विश्वकपमा प्रदर्शन गरिसकेका छन् । यस्तै वेष्ट इन्डिजका केसरिक विलियम, श्रीलंकाका असेला गुणरत्ने र साहान अरचसिगेलाई टिममा समावेश गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्