
नेपाल पत्रकार महासङ्घले आउँदो दसैँ अगावै आफ्नो संस्थामा कार्यरत श्रमजीवी पत्रकारको बाँकी बक्यौतासहित सबै प्रकारका सेवा सुविधा उपलब्ध गराइ सहज वातावरण निर्माण गर्न मिडिया व्यवस्थापन पक्षसँग आग्रह गरेको छ ।
कोरोना सङ्क्रमणको बहाना बनाइ विभिन्न सञ्चार गृहमा श्रमजीवी पत्रकारलाई निष्काशन गर्ने, दबाबपूर्ण बिदामा राख्ने, तलब–भत्ता कटौती गर्ने, अनुचित सरुवा गर्ने र नियमित पारिश्रमिक नदिनेजस्ता कार्य तत्काल रोक्न महासङ्घले अनुरोध गरेको छ । “पटक पटक सम्बन्धित सञ्चार गृहसँग पत्राचार, संवाद र दबाब दिँदा समेत बेवास्ता गर्नाका साथै समस्या समाधानप्रति गम्भीर नबन्दा श्रमजीवी पत्रकारका समस्या थप जटिल बन्दै गएका छन्’’, महासङ्घद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।