१० असार २०८३, बुधबार

जेष्ठ नागरिकलाई आजदेखि टेलिकमले निशुल्क सीम दिने, यसरी लिन सकिन्छ

जेष्ठ नागरिकलाई आजदेखि टेलिकमले निशुल्क सीम दिने, यसरी लिन सकिन्छ

नेपाल टेलिकमले जेष्ठ नागरिकहरूलाई निशुल्क सीम वितरण गर्ने भएको छ ।

अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा सोमवारदेखि असोज २५ गतेसम्म ६० वर्षभन्दा माथिका नागरिकलाई निशुल्क सीम दिने टेलिकमले जनाएको छ । 

संयुक्त राष्ट्र संघको आयोजनामा विश्वव्यापी रुपमा अक्टोबर १ मा मनाइने अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस यसपटक असोज १५ गते परेको छ । 
सो अवसरमा नेपाल टेलिकमले मुलुकभरका ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप निःशुल्क सिम प्रदान गर्ने भएको छ । 

सिम असोज १५ गतेदेखि २५ गतेसम्म ६० वर्षभन्दा माथिका नागरिकहरुलाई निःशुल्क रुपमा प्रदान गरिने छ । यस सिममा १० रुपैयाँ व्यालेन्स हुनुका साथै ४० मिनेट कुराकानी गर्ने, २० वटा सन्देश पठाउने र ६० एमबी डाटा प्रयोग गर्न सकिने सुविधा एक महिनासम्म उपलब्ध हुनेछ । 

नेपाल टेलिकमका देशभर रहेका कार्यालयका काउन्टरहरुबाट ज्येष्ठ नागरिकहरुले यो सुविधाको उपयोग गर्न सक्नु हुनेछ । यसका लागि एक प्रति पासपोर्ट साइजको फोटो, परिचय र उमेर खुल्ने प्रमाणपत्र (जस्तै–नागरिकता प्रमाणपत्र, जेष्ठ नागरिकको परिचयपत्र)को प्रतिलिपी संलग्न गर्नुपर्नेछ । 

नेपाल टेलिकमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मुलुकभरका ज्येष्ठ नागरिकहरुलाई उपलब्ध गर्ने निःशुल्क सिमको सुविधाले आदरणीय जेष्ठ नागरिकहरुलाई दूरसञ्चार र सूचना प्रविधिको पहँुचमा ल्याउन सहयोग पुग्ने अपेक्षा गरिएको टेलिकमका प्रवक्ता राजेश जोशीले जानकारी दिए  । 
 

salt training

कमेन्ट गर्नुहोस्