०७ असार २०८३, आइतबार

म्याद गुज्रेका सामान बेच्ने ६ व्यापारीमाथि कारवाही

म्याद गुज्रेका सामान बेच्ने ६ व्यापारीमाथि कारवाही
फाइल तस्वीर।

म्याद गुज्रेका तथा गुणस्तरहीन सामान बिक्री गरी उपभोक्तालाई ठगी गरेको भन्दै सिरहा र सप्तरीका आधा दर्जन व्यापारीमाथि कारवाही गरिएको छ ।

चाडपर्व नजिकिएसँगै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सप्तरीको अगुवाइमा गरिएको बजार अनुगमनका क्रममा म्याद गुज्रेका सामान बिक्री वितरण गरेको, अनुज्ञापत्र नलिई सञ्चालन भएको पाइएपछि सप्तरीका पाँच र सिरहाका एक व्यापारीमाथि कारवाही गरिएको हो ।

अनुगमनका क्रममा ठूलो परिमाणमा म्याद गुज्रेका सामान बरामद गरिएको र मूल्यसूचीसमेत नराखिएको पाइएपछि सप्तरीको सप्तकोशी नगरपालिका–१ फत्तेपुरस्थित अमेश्वर किराना पसल, दीपा किराना पसल र आशाराम पाउरोटी उद्योगमाथि कारवाहीस्वरुप १०-१० हजार रूपैयाँ जरिवाना गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख सुरेशकुमार सिंहले जानकारी दिए । 

सप्तरीको खडक नगरपालिका–७ स्थित कल्याणपुर बजारका अनिल ट्रेडर्स एण्ड खरिद बिक्री पसललाई पाँच हजार तथा शिव किराना ट्रेडर्सलाई २० हजार रूपैयाँ जरिवानासमेत गरिएको छ । 

यस्तै शिव किराना पसलबाट म्याद गुज्रेका पेयपदार्थलगायतका सामग्री बरामद गरिएको प्रमुख सिंहले बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्