![पूर्णता पाएको १०० दिनका अवसरमा समावेशी आयोगद्वारा कार्यप्रगति सार्वजनिक [पूर्णपाठ]](https://lktcdn2.prixacdn.net/media/243460456_164296492549513_3793383421142208194_n_IEF9c9d5rl.jpg)
राष्ट्रिय समावेशी आयोगले पूर्णता पाएको १०० दिन पूरा भएको छ । आयोगले पूर्णता पाएको १०० दिनको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा अध्यक्ष डा रामकृष्ण तिमल्सेनाले यसअवधिमा भएका कामको प्रगति र भावी कार्यदिशाको बारेमा जानकारी दिएका छन् ।
छोटो समयमै आयोगले संवैधानिक व्यवस्थाको उपयोगका लागि पहिचान र प्रतिनिधित्वको सवालमा महत्वपूर्ण उपलब्धि हाँसिल गरेको उनले बताए । यस्तै विशेष संरक्षणका लागि समावेशीकरण/आरक्षण, गरिब, विपन्न, सीमान्तीकृत, अल्पसंख्यक र लोपोन्मुख जातिको संरक्षण र विकास, श्रमिक वर्गको संरक्षण र विकास, साहित्य कला संस्कृतिको संरक्षण र विकास, आयोगको आन्तरिक नियन्त्रण तथा पारदर्शिता र बजेटका साथै जनशक्तिका सवालमा विभिन्न कामहरु भएको तिमल्सेनाले जानकारी दिए ।
सो अवसरमा आयोगका चुनौति र भावी कार्यदिशाका सन्दर्भमा पनि तिमल्सेनाले चर्चा गरेका थिए ।
कार्यक्रममा आयोगका सदस्य विष्णुमाया ओझाले अतिथिहरूलाई स्वागत गरेकी थिइन् भने पूर्वमन्त्री प्रेम बहादुर सिंहले समावेशी लोकतन्त्र सुनिश्चितता गर्नका लागि आयोगले छाता आयोगको रुपमा काम गर्नुपर्नेमा जोड दिए ।
यसैगरी राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले जनशक्ति र आर्थिक स्रोतको उचित व्यवस्थापनको अभावले आयोगहरूले प्रभावकारी रुपमा काम गर्न नसकेको बताइन् भने मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले समावेशीकरणका लागि अन्य आयोगहरूबीच दोहोरोपना हटाउन समन्वयात्मक ढंगमा काम गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित विभिन्न आयोगका प्रतिनिधि, आयोगका लक्षित वर्गका प्रतिनिधिलगायतको सहभागिता रहेको आयोगका प्रवक्ता पुष्कर भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
आयोगले १०० दिनमा के गर्यो र आगामी कार्यदिशा विस्तृतमा हेर्नुहोस्


