काठमाडौं, १५ पुस– गुरुङ जातिको महान चाड तमु ल्होसार शुक्रवार धूमधामसाथ मनाइयो । ल्होसार अर्थात नयाँ बर्षको दिन शुभकामना आदानप्रदान गर्दै यो पर्व मनाइन्छ । तमु ल्होसार पुस महिनाको १५ गतेको दिन पर्ने गर्छ ।
ल्होसारको दिन आफन्त र साथीभाईहरु एक ठाउँमा जम्मा भएर मीठो मीठो परिकार बनाएर खानुका साथै नाचगान गर्ने गरिन्छ । ल्होसारमा गुरुङ जातिले आफ्नो मौलिक भेषभुषा जस्तै शिरवन्दी, मखमली चोली, पटुकी , छिट्को गुन्यू र मजेत्रोमा सजिएर विशेष कार्यक्रममा सहभागी हुने गर्छन् । ।
सो अवसरमा घाटु, सोरठी र स्थानीय भाषामा चुट्का लगाउँदै परम्परागत कौडा नाच प्रस्तुत गर्ने गर्छन् । तमु ल्होसारको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यमा राजधानीको टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरिएको थियो ।
यस अवसरमा सरकारले शुक्रवार सार्वजनिक विदा समेत दिइएको थियो ।