शनिबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश २ का धेरै स्थानमा वर्षाको सम्भावना रहेको छ । यस्तै अरु प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै राति पनि देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १ र प्रदेश २ का धेरै स्थानहरुमा वर्षाका सम्भावना रहेका छ। बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।यस्तै प्रदेश नं १ र प्रदेश नं २ का केही स्थानहरुमा भारी वर्षाको पनि सम्भावना छ।
अहिले भारतको दक्षिण बिहार तथा आसपासतिर अवस्थित न्यून चापीय क्षेत्रको सामान्य प्रभाव नेपालमा परेको छ।
यसैबीच शनिबार बिहान देशभर आंशिकदेखि सामान्य बदलीको रहेको छ। बागमती, गण्डकी, प्रदेश नं २ र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको छ।