०१ असार २०८३, सोमबार

मोबाइल पानीमा खसे के गर्ने ?

मोबाइल पानीमा खसे के गर्ने ?

मोबाइललगायतका इलेक्ट्रोनिक डिभाइसहरू पानीका कारण बिग्रने समस्या आउने गर्छन् । यद्यपि सामान्य सावधानीले मात्रै पनि पानीबाट मोबाइल जोगाउन सकिन्छ ।

यस्ता छन् केही टिप्स:

मोबाइल बन्द गर्नुहोस्

यदि तपाईंको मोबाइल पानीमा खसेको छ भने त्यसलाई तुरुन्तै बन्द गर्नुपर्छ । यदि यस्तो गर्नु भएन भने पानीका कारण फोनको चिपमा भएको सर्किटहरू आपसमा जोडिन सक्ने सम्भावना हुन्छ, जसकारण तपाईंको मोबाइल खराब हुन सक्छ । साथै फोनमा स्पार्किङको समस्या पनि आउन सक्छ । यस्तो अवस्थामा फोनमा भएका सम्पूर्ण पाटपुर्जाहरू तुरुन्तै हटाउनुपर्छ । 

ब्याट्री हटाउनुहोस्

तपाईंको मोबाइल पानीभित्र खसेको खण्डमा त्यसको ब्याट्री तुरुन्तै हटाउनुपर्छ । ब्याट्री निकालिसकेपछि ब्याट्रीको तल सानो स्टिकर चप्किएको हुन्छ । अधिकांश मोबाइलमा सेतो रंगको हुन्छ । यदि तपाईंको मोबाइल पानीमा खसेको छ भने रातो या गुलाबी रंगमा परिणत हुन्छ । 

यद्यपि अचेलका स्मार्टफोनमा इन्बिल्ड ब्याट्री आउने गर्छ । यस्तो अवस्थामा भने ब्याट्री निकाल्न सकिने सम्भावना हुँदैन । त्यसैले मोबाइल बन्द राखेर सुकाउने गर्नुपर्छ । 

चार्ज गर्नु हुँदैन

यदि मोबाइल पानीमा भिजेको छ भने त्यसलाई चार्ज गर्नु हुँदैन । किनकि ‘इलेक्ट्रिक शक’ लाग्ने सम्भावना रहन्छ । सबभन्दा पहिले मोबाइललाई पूर्ण रूपमा सुक्न दिनुपर्छ । तर, अधिकांश मानिस मोबाइललाई सुकाउनका लागि हेयर ड्रायरको प्रयोग गर्ने गर्छन् । यसले मोबाइलको चिपमा रहेको पानी सुक्ने भन्दा पनि क्षति गर्न सक्छ । त्यसैले मोबाइल सुकाउनका लागि घाम (प्रत्यक्ष घामको किरण होइन) वा पंखाको हावाको प्रयोग गर्न सकिन्छ । 

हावा वा घामले मोबाइलको पानी सुके पनि ओस भने बाँकी रहन्छ । यस्तोमा पानी सोस्नेवाला कपडाको प्रयोग गर्न सकिन्छ । मोबाइललाई त्यस्तो कपडामा लपेटेर कम्तीमा दुई दिन राख्नुपर्छ । 

यदि त्यस्तो कपडा नभए घरमै भएको चामलको बोरामा मोबाइलको कभर हटाएर रातभर राखे पनि हुन्छ । 

salt training

कमेन्ट गर्नुहोस्