०५ असार २०८३, शुक्रबार

कार्यकर्तालाई प्रचण्डको निर्देशन- एमालेसँग प्रतिवाद गर्नुस्, यिनीहरू संविधानविरोधी हुन् भन्दै हिँड्नुस्

कार्यकर्तालाई प्रचण्डको निर्देशन- एमालेसँग प्रतिवाद गर्नुस्, यिनीहरू संविधानविरोधी हुन् भन्दै हिँड्नुस्
फाइल तस्वीर।

नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमालेसँग प्रतिवाद गरेर अघि बढ्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् । 

एमाले नेता, कार्यकर्तालाई जाली, फटाहाको संज्ञा दिँदै उनीहरूसँग प्रतिवाद नगरी आगामी निर्वाचन जित्न नसकिने उनले बताएका हुन् । 

पार्टीको सम्पर्क समन्वय विशेष प्रदेश समितिले शनिवार ललितपुरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले अबको डेढ वर्ष एमाले गणतन्त्रविरोधी, संघीयताविरोधी रहेको भन्दै जनतामा जान पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए । 

‘केपी ओलीले डेढ वर्षभित्र हामी सरकारमा जान्छौँ भनेका छन् । देशैभर एमालेसँग प्रतिवाद नगरी चुनाव जितिँदैन । यी जाली फटाहाहरूले अहिले हामीलाई हेप्न खोजेका छन्,’ उनले भने, ‘हामीले बनाएको हो संविधान, यिनीहरू विरोधी हुन् भन्दै हिँड्नुहोस् । पार्टी कमिटी बनाउनुस्, जनतामा जानुस् । को बेइमान हो बुझाउनुस् । डेढ वर्ष आँखा चिम्लेर मेहनत गराैं । यो देश हामीले बचाउनु पर्छ, गणतन्त्र हामीले बचाउनुपर्छ । देशको रक्षा गर्नुपर्छ ।’

अध्यक्ष दाहालले केपी ओलीले छलकपटको बाटो लिएपछि उनीविरुद्ध पार्टी हेर्डक्वाटरमै बमबारी गर्नु परेको दोहोर्‍याए । उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आफूले धेरै दुःख गरेको बताए । 

उनले एमालेसँग पार्टी एकता गर्नु सही भएको तर, केपी ओलीको जालझेल सहन नसकेपछि पार्टीभित्रैबाट विद्रोह गर्नुपरेको बताए । 

salt training

कमेन्ट गर्नुहोस्