०७ असार २०८३, आइतबार

कांग्रेस मुस्ताङको जिल्ला सभापति बने रोमी गौचन

असोज १६, २०७८
कांग्रेस मुस्ताङको जिल्ला सभापति बने रोमी गौचन

पूर्वमन्त्री रोमी गौचन थकालीको सभापतित्वमा नेपाली कांग्रेस मुस्ताङको जिल्ला कार्यसमिति चयन भएको छ ।

थासाङ गाउँपालिका–३ लेतेमा शुक्रवार सम्पन्न जिल्ला अधिवेशनबाट गौचनको नेतृत्वमा २३ सदस्यीय कार्यसमिति चयन भएको हो ।

कांग्रेस मुस्ताङको निर्वाचन समितिका संयोजक अनन्त आचार्यले सहमतिमा नेतृत्व चयन भएको जानकारी दिए ।

सभापतिमा निर्वाचित गौचन पूर्व वाणिज्य मन्त्री हुन् । उपसभापतिमा विजय हिराचन, ढोका गुरुङ, सचिवमा विकल शेरचन, छेवाङ नर्बु गुरुङ, सहसचिवमा नम्डुल गुरुङ, सोमल हिराचन र कोषाध्यक्षमा गणेश शेरचन चयन भएका छन् ।

वडा अधिवेशनबाट चयन भएका क्षेत्रीय प्रतिनिधिले कार्यसमितिका १५ सदस्य पनि सर्वसम्मत चयन गरेका छन् । सभापतिमा निर्वाचित थकालीले जिल्लाका नेता कार्यकर्ताको अपेक्षा अनुसार मुस्ताङमा पार्टीलाई बलियो बनाउन र एकताको सन्देश दिन आफू नेतृत्वमा आएको बताए ।

कांग्रेसको १४औं महाधिवेशन अन्तरगत मुस्ताङका सबै वडा र पालिका पनि सहमतिमा नेतृत्व चयन भएको थियो । घरपझाङ गाउँपालिकामा यामप्रसाद थकाली, लोमान्थाङ गाउँपालिकामा छेवाङ झिम्मी बिष्ट, लोघेकर–दामोदरकुण्ड गाउँपालिकामा टसी लेण्डुप गुरुङ, बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा आङजिङ गुरुङ र थासाङ गाउँपालिकामा रुपेश गौचनको सभापतित्वमा ३२/३२ सदस्यीय कार्यसमिति चयन भएको थियो ।

कमेन्ट गर्नुहोस्