२५ जेठ २०८३, सोमबार

न्यु डायमण्डले उचाल्यो ट्रफी

न्यु डायमण्डले उचाल्यो ट्रफी

साविक बिजेता विभागीय टोली एपिएफ क्लब लाई पराजित गर्दै होङ्गवान्जी न्यू डायमण्ड क्लबले वाईवाई डाईनामाईट एनभिए महिला तथा पुरुष क्लब च्याम्पियनसिप २०७८ को उपाधिका साथ ट्रफी उचालेको छ ।

 शनिबार सम्पन्न खेलमा डायमण्डले एपिएफ माथि ३–१ को जित निकाल्दै ट्रफी उचालेको हो । राष्ट्रिय खेलाडीहरूको बर्चस्व रहेको विभागीय टोली संग पहिलो सेट २४–२६ ले गुमाउन पुगेको डायमण्ड त्यस पछि सम्हालिदै लगातार तीन सेट आफ्नो पक्षमा पार्दै उपाधि जित्न सफल भएको हो । दोश्रो सेटमा २५–२१ ले जित निकालेको डायमण्डले तेश्रो सेट २५–१७ र चौथो सेट २५–१५ ले जित्दै उपाधिलाई आफ्नो पक्षमा पारेको हो ।

सेनाको त्रिभुवन आर्मी क्लबले पुलिसलाई पराजित गदै तेश्रो स्थान प्राप्त ग¥यो । सेनाले पुलिसलाई २५–१७, २५–२०, २५–१७ को सहज जित निकाल्दै तेश्रो स्थान सुरक्षित गर्न सफल भएको हो ।
महिला तर्फ न्यू डायमण्डकी प्रतिभा माली उत्कृष्ट खेलाडी चुनिइन् । यस्तै वेष्ट सर्भरमा सेनाकी संगम महतो, वेष्ट डिफेन्डरमा डायमण्डकै सलिना महर्जन, वेष्ट सेटरमा डायमण्डकी अरुणा शाही, वेष्ट स्पाईकरमा सेनाकी शान्ति थारु, वेष्ट ब्लकरमा एपिएफकी सरस्वती चौधरी घोषित भए । यस्तै डायमण्डका कुमार राई महिला तर्फको उत्कृष्ट प्रशिक्षक बन्न सफल भए ।

च्याम्पियन टोलीले नगद ४ लाख प्राप्त ग¥यो भने उपविजेता टोलीले नगद २ लाख सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरे । यस्तै तेश्रो भएको सेनाको त्रिभुवन आर्मी क्लबले नगद १ लाख सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त ग¥यो ।
यस्तै उत्कृष्ट खेलाडीले नगद २५ हजारका साथै विधागत तर्फका सवैले जनही १० हजार ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

salt training

कमेन्ट गर्नुहोस्