
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता सगुन सुन्दर लावतीले देशमा कायम अव्यवस्था अपूर्ण शान्ति प्रक्रियाको नकारात्मक प्रतिफल भएको बताएका छन् ।
‘त्रिपक्षीय द्वन्द्वको एक पक्ष, राजसंस्थालाई शान्ति निर्माण प्रक्रियामा सहभागी गराइएन । यस किसीमको निषेधले देशमा सकारात्मक शान्ति प्राप्त भएन । लोकतन्त्रको दुहाई दिएर नथाक्नेहरुको अल्पदृष्टि देश र समाजको लागि महंगो सावित भएको छ,’ कार्य सम्पादन सदस्य तथा प्रदेश नं १ का उपाध्यक्ष लावतीले शनिबार पाँचथरमा आयोजित कार्यक्रममा भने ।
उनले जनचाहना बमोजिम देशको राजनीतिमा परिवर्तन र सुधार नआएको पनि बताए ।
कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य मानदेव केरुङले राप्रपामा तन्नेरी पुस्ताको सहभागिता र आकर्षण आशा लाग्दो रुपमा बढीरहेको बताए ।