भारतको लागूऔषध नियन्त्रण ब्युरो (एनसीबी) ले मुम्बईबाट गोवा गइरहेको क्रुज विमानमा छापा मार्दा ठूला सेलेब्रिटीहरू पक्राउ परेका छन् ।
जहाजमा भइरहेको पार्टीमा लागूपदार्थ उपयोग भएको थियो । उक्त जहाजमा ६०० जना हाईप्रोफाइल सेलेब्रिटीहरू थिए ।
एनसीबीले छापा मारेर केही मानिसको सामान जफत गरेको छ । त्यसक्रममा कम्तीमा १३ जनालाई पक्राउ गरिएको छ ।
उक्त पार्टीमा बलिउडका सुपरस्टारका छोरा पनि भएको बताइएको छ । सञ्चारमाध्यमहरूले नाम नखुलाएको भए पनि सामाजिक सञ्जालमा शाहरुख खानका छोरा आर्यन खान पक्राउ परेको चर्चा छ ।
एनसीबी आफैंले पुष्टि नगरुन्जेलसम्म कसलाई पक्राउ गरेको हो भन्न सकिने स्थिति छैन ।
यस विषयमा एनसीबी मुम्बईका क्षेत्रीय निर्देशक समीर वानखेडेले अनुसन्धान चलिरहेको जानकारी थिए । सेलेब्रिटीको उपस्थितिका बारेमा सोध्दा उनले टिप्पणी गर्न नमिल्ने बताए ।
एएनआई समाचार संस्थाका अनुसार, एनसीबीको छापामा जहाजबाट कोकेन, गाँजा तथा अन्य लागूपदार्थहरू फेला परेका छन् । सीआईएसएफबाट सूचना पाएपछि एनसीबीले छापा मारेको बताइएको छ ।