०४ असार २०८३, बिहीबार

दशैंमा मापसे गर्नेलाई कडा चेकिङ गर्दै ट्राफिक प्रहरी (भिडियोसहित)

दशैंमा मापसे गर्नेलाई कडा चेकिङ गर्दै ट्राफिक प्रहरी (भिडियोसहित)

महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्वलाई लक्षित गरेर ‘चाडपर्व लक्षित ट्राफिक व्यवस्थापन सुरक्षा योजना’ ल्याएको छ ।

उपत्यकाबाट दशैं मनाउन घर जाने यात्रुलाई सहयोग गर्न उपत्यकाका १४ ठाउँमा यात्रु सहायताका कक्ष स्थापना गरेको जसमा गुनासो, टिकट तथा भाडामा ठगी गर्ने, पकेटमार तथा अन्य आपराधिक गतिविधिलाई निगरानी गर्न थालेको महानगरीय ट्राफिक महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले जनाकारी दिए । 

त्यसका साथै ट्राफिक प्रहरी दशैंमा मापसे चेकिङमा कडाइ समेत गर्ने भएको छ । यसका साथै विषेश चेकिङ योजना अन्तर्गत २४ घण्टा नाकाहरुमा ट्राफिक प्रहरीको चेकिङ राखिएको महाशाखाले जनाएको छ।

यस्तै ट्राफिक प्रहरीले सादा पोशाकका प्रहरी पनि परिचालन गरेको बताएको छ ।

salt training

कमेन्ट गर्नुहोस्