०४ साउन २०८३, सोमबार

ताइवान जलक्षेत्रमा अमेरिकी युद्धपोत आएपछि चीनले बढायो हवाई गश्ती

असोज १७, २०७८
ताइवान जलक्षेत्रमा अमेरिकी युद्धपोत आएपछि चीनले बढायो हवाई गश्ती

चिनियाँ जनमुक्ति सेनाले शनिवार ताइवान नजिक ३९ वटा विभिन्न किसिमका युद्धविमानहरू उडाएको छ । 

शुक्रवार मात्र उसले त्यहाँ ३८ वटा युद्धविमान उडाएको थियो । 

जे–१६ लडाकू विमान, सु–३० लडाकू विमान र वाई–८ पनडुब्बीप्रतिरोधी विमान ताइवाजको दक्षिणपश्चिम हवाईक्षेत्रमा प्रवेश गरेको ताइवानका रक्षा अधिकारीहरूले प्रेस वक्तव्य जारी गरेर जानकारी दिए । 

ताइवान टापु र दक्षिण चीन सागरमा रहेको दोङशा टापुसमूहबीचको क्षेत्रमा चिनियाँ सेनाका विमानहरू उडाइएका हुन् ।

ताइवानमा सशस्त्र बलहरूलाई निवारण गर्न र अन्य मुलुकको हस्तक्षेप रोक्नका लागि चिनियाँ जनमुक्ति सेनाले थप तैनाथी गर्नुपरेको र यी सामान्य तथा नियमित अभ्यास भएको चिनियाँ सैन्यविद् सोङ चोङपिङले ग्लोबल टाइम्सलाई बताए ।

रातिको समयमा अभ्यास गर्नु महत्त्वपूर्ण छ किनकि युद्ध कुनै पनि बेलामा हुन सक्छ, सोङले बताए । 

अमेरिकाका विमानवाहक युद्धपोतहरू यूएसएस रोनल्ड रेगन र यूएसएस कार्ल भिन्सन सेप्टेम्बर २७ मा ताइवान नजिक पुगेपछि चिनियाँ जनमुक्ति सेनाले उक्त क्षेत्रमा कीर्तिमान अभ्यास गरेको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्