०५ साउन २०८३, मंगलबार

राजकुमार लेखीदेखि विप्लवको पार्टीका केन्द्रीय सदस्यसम्म एमालेमा प्रवेश

राजकुमार लेखीदेखि विप्लवको पार्टीका केन्द्रीय सदस्यसम्म एमालेमा प्रवेश

नेपाल आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष राजकुमार लेखी नेकपा एमालेमा प्रवेश गरेका छन् ।

ललितपुरको गोदावरीमा जारी पार्टीको विधान महाधिवेशनको अन्तिम दिन एमाले अध्यक्ष केपी शर्मा ओलीले लेखी सहितका ५५ जनालाई पार्टी प्रवेश गराएका हुन् ।

लेखीले पहिलो संविधान सभा विघटनपछि एमाले छाडेका थिए । त्यसपछि उनी विभिन्न मधेशवादी दलमा आवद्ध भएका थिए ।

कार्यक्रममा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य अमर धमला तथा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतका पार्टीका कार्यकर्ताहरू पनि एमाले प्रवेश गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्