
इलेक्ट्रोनिक्स ब्राण्ड ब्लाक्क प्लस डेक्करले नजिकिरहेको नेपालीहरुको चाड दशैं र तिहारलाई लक्षित गर्दै ’दशैं तिहार लक्की स्क्र्याच’ नामक योजना सार्वजनिक गरेको छ ।
यस् योजना अन्तर्गत ग्राहकले ब्लाक्क प्लस डेक्कर ब्रान्डका कुनै पनि सामानको खरिदमा एउटा स्क्र्याच कार्ड पाउन सकिनेछ जसबाट एक लाख रुपैयाँसम्मको हात खाली नजाने क्यास प्राईज तत्काल प्राप्त गर्न सक्नेछ । र साथै लक्की ड्र अन्तर्गत मासिक उपहारहरु र बम्पर उपहार पनि जित्न सकिने कम्पनीले जनाएको छ ।
लक्की ड्र अन्तर्गत मासिक उपहारहरुमा २ लक्की बिजेताले ब्लाक्क प्लस डेक्करको ओ.एफ.आर ओएल हीटर र ओ.टी.जी ओवन जित्न सक्नेछन् भने अन्तिममा बम्पर उपहारमा १ भाग्यशाली ग्राहकले एल.जी को ९ के.जी फ्रन्ट लोड वाशिङ मसीन जित्न सक्नेछन् ।
सो लक्की ड्र मा सहभागी हुनको लागि ग्राहकले सामान खरिद गरेको बेला वारेन्टी कार्डमा आफ्नो पूर्ण विवरण भरी विक्रेतालाई बुझाउनु पर्नेछ । कम्पनीले यो योजना असोज १५, २०७८ देखि सीमित अवधिका लागि लागू गरिएको छ । ब्लाक्क प्लस डेक्कर ब्राण्डका आधिकारिक बिक्रेता चौधरी ग्रुप अन्तर्गत सिजी इ.ओ.एल रहेको छ ।