भारतको पश्चिम बंगालमा रहेको भवानीपुर निर्वाचन क्षेत्रमा भएको उपनिर्वाचनमा मुख्यमन्त्री ममता बनर्जी भारी मतान्तरले विजयी भएकी छन् ।
तृणमूल कांग्रेस प्रमुख बनर्जीले भारतीय जनता पार्टीकी प्रियंका टिबडेवाललाई ५८ हजार ८३२ मतको भारी अन्तरले हराएकी हुन् ।
विधानसभा निर्वाचनमा ममता बनर्जी शुभेन्दु अधिकारीसँग हारेकी थिइन् । मुख्यमन्त्रीको पद जोगाउनका लागि उनले उपनिर्वाचन जित्नैपर्ने थियो ।