२८ जेठ २०८३, बिहीबार

अक्साई चीनमा चीनले बनायो नयाँ संरचना, चिन्तामा भारत

असोज १७, २०७८
अक्साई चीनमा चीनले बनायो नयाँ संरचना, चिन्तामा भारत

नयाँ भूउपग्रहीय तस्वीरहरूमा चीनले अक्साई चीन क्षेत्रमा व्यापक मात्रामा पूर्वाधार निर्माण गरेको देखिएको छ । 

चीनले भारतीय सीमानजिक क्याम्पहरू बनाएको छ । यीमध्ये कैयौं क्याम्प स्थायी छन् र ती पक्का भवन हुन् । त्यहाँ चिनियाँ जनमुक्ति सेनाका कैयौं जवान बस्छन् । 

मौसमको विषम परिस्थितिले पनि कुनै प्रभाव नपार्ने भवन पनि चीनले बनाएको छ । अर्थात्, कठ्यांग्रिदो जाडोमा पनि सैनिकहरू त्यहाँ आरामले बस्न सक्छन् । 

त्यसबाहेक अन्य स्थानमा पनि निर्माणकार्य चलिरहेको छ । चीनले उक्त क्षेत्रमा सैन्य शहर निर्माण गरिरहेको भूउपग्रहीय तस्वीरबाट देख्न सकिन्छ । 

पूर्वी लद्दाखबाहेक सिक्किम र अरुणाचल प्रदेशमा समेत चीनले गाउँ र सडक बनाउने कामलाई तीव्रता दिएको छ । भूउपग्रहीय तस्वीरबाट त्यसको खुलासा हुन्छ । 

यसरी सीमा नजिक चीनले स्थायी संरचना बनाएपछि भारतले सुरक्षाका विषयमा चिन्ता व्यक्त गरेको छ । भारतका सेनाप्रमुख मनोज मुकुन्द नरवणेले सीमाक्षेत्रमा चिनियाँ सेनाले तैनाथी बढाएको बताएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्