०१ असार २०८३, सोमबार

र्‍याफ्टिङका क्रममा सुनकोसीमा खसेर एकको मृत्यु

र्‍याफ्टिङका क्रममा सुनकोसीमा खसेर एकको मृत्यु


-याफ्टिङका क्रममा सुनकोसीमा खसेर एक जनाको मृत्यु भएको छ । दोलखा जिल्ला मेलुङ गाउँपालिका–४ का २२ वर्षीय साजन खड्काको आज मृत्यु भएको हो ।

सुनकोसी नदीको चौतारा साँगाचोकगढी नगरपालिका–९ स्थित डुम्रे खण्डमा उनी डुङ्गाबाट नदीमा खसेका थिए । नदीमा खसेर बेपत्ता भएका उनको दुई घण्टापछि शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए । शनिबार सुकुटेबीच रिसोर्टमा बास बसेका उनी रिसोर्टबाट ‘चेकआउट’ भई स्प्लास नेपाल एड्भेञ्चर कम्पनीबाट -याफ्टिङमा गएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्