०४ साउन २०८३, सोमबार

काठमाडौं महानगरपालिकामा देउवा पक्ष पराजित, प्रकाशमान निकट शाक्य विजयी

काठमाडौं महानगरपालिकामा देउवा पक्ष पराजित, प्रकाशमान निकट शाक्य विजयी

नेपाली काँग्रेसको काठमाडौं महानगरपालिका कार्यसमितिमा शेरबहादुर देउवा पक्षका उम्मेदवार पराजित भएका छन्। महानगरपालिकामा प्रकाशमान सिंह निकट नीलकाजी शाक्य विजयी भएका छन् । उनले  ७९६ मत प्राप्त गरी महानगर सभापतिमा निर्वाचित भएका हुन्  । निकटतम प्रतिद्वन्द्वी प्रगतिमान रञ्जित ३२९ मतका साथ पराजित भए । आज भएको मतदानबाट कार्यसमितिमा उनको प्यानल नै विजयी भएको छ ।

आइतबार राति आएको नतिजाअनुसार उपसभापतिमा सुशीला ढकाल र सन्तकुमार महर्जन निर्वाचित भए भने सचिवमा सुशन वैद्य र पुरुषोत्तम खकुरेल विजयी भए । यस्तै  सहसचिवमा अमृत मानन्धर  र विमला लामिछाने  विजयी भएको निर्वाचन समितिले जनाएको छ । महानगरमा क्षेत्र प्रकाशमानको प्रभाव छ उसो त प्रकाशमानलाई नेता गगन थापाले पनि महानगरमा सघाएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्