२५ जेठ २०८३, सोमबार

फक्सवागन टाइगुन एसयूभी सार्वजनिक, यस्ता छन् विशेषता

फक्सवागन टाइगुन एसयूभी सार्वजनिक, यस्ता छन् विशेषता

नेपालका लागि फक्सवागन गाडीको आधिकारिक वितरक पुजा इन्टरनेसन नेपाल प्रा.लि. ले आज काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच फक्सवागन टाइगुन एसयूभी सार्वजनिक गरेको छ ।

नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत महामहिम डा. थोमस प्रिन्जले उक्त एसयूभी सार्वजनिक गरेको हो।

नयाँ कम्प्याक्ट एसयूभी टाइगुन विश्व स्तरीय १.० लिटर टर्बोचाज्र्ड इन्जिनद्वारा सञ्चालित छ, जसले ११४ हचपावर र १७८ एनएम टर्क जेनेरेट गर्छ ।  

नेपाली बजारमा उपलब्ध यस प्रकारका कम्प्याक्ट एसयूभी मध्ये यसको पावर र टर्क सबैभन्दा उच्च भएको कम्पनीको दाबी छ । फक्सवागन आफ्ना ठूला एसयूभी गाडीहरुको लागि विश्वमै लोकप्रिय छ । एसयूभी ‘टाइगुन’ लन्च भए पश्चात अब कम्पनी मास मार्केटमा समेत प्रवेश गर्ने विश्वास गरेको छ । 

फक्सवागन टाइगुनको सुरुवाती भेरिएन्ट कम्फर्टलाइनको मूल्य सिमित अवधिको लागि ५० लाख ९० हजार रुपैयाँ तोकिएको छ । तीन भेरिएन्ट मध्ये बाँकी दुई भेरिएन्ट टाइगुन हाइलाइनको प्रारम्भिक मूल्य ६३ लाख ९० हजार र टाइगुन टपलाइनको प्रारम्भिक मूल्य ६९ लाख ९० हजार रुपैयाँ तोकिएको छ । 

उत्तर अमेरिकी जंगल ‘टाइगा’ बाट ‘टाइगुन’ नाम राखिएको हो । भारत र नेपालको स्थानीय ड्राइभिङ अवस्थालाई मध्यनजर गरी विशेष रुपमा टाइगुनको डिजाइन गरिएको छ । अन्तर्राष्ट्रिय रुपमा प्रचलित एमक्यूबी प्लेटफर्मलाई फक्सवागनले एमक्यूबी एओ आईएन प्लेटफर्ममा स्थानीयकरण गरी भारतमा यसको उत्पादन गरेको हो । यसले विश्वभर प्रचलित फक्सवागनका सबै मोडलमा उपलब्ध  टिकाउपन र गुणस्तरलाई टाइगुनमा समेत प्रयोगमा ल्याएको छ । 

टाइगुन यो सेगमेन्टको गेम चेन्जर एसयूभी हुने र टिकाउपना, वातावरणमैत्री र सुरक्षाको सन्दर्भमा कम्प्याक्ट एसयूभीको संसारलाई नै पुनर्परिभाषित गर्नेछ । आधुनिक प्रविधि र परिवर्तन मन पराउने ग्राहकका लागि यो उपयुक्त एसयूभी बन्ने छ भन्ने कुरामा कम्पनीको विश्वास छ । 

कम मूल्यमा ४० भन्दा बढी सुरक्षात्मक संयन्त्र सहितको फक्सवागनका फन–टु–ड्राइभ विशेषताको यो कारमार्फत ग्राहकले आनन्द प्राप्त गर्ने कुरामा कम्पनी विश्वस्त छ । फक्सवागनले पहिले देखि नै उपलब्ध गराइरहेका यो भन्दा ठूला कार टिगुआन र ट्वारेगमा प्रयोग गरिएको ग्लोबल डिजाइन ल्यांग्वेज र लाइनेज यसमा पनि प्रयोग गरिएको छ । सिटी, हाइवे वा अफरोड जस्तोसुकै अवस्थामा पनि बेस्ट ड्राइभिङ अनुभव चाहनेहरुका लागि टाइगुन लक्षित छ । 

फक्सवागन टाइगुनमा फ्रेस तथा भाइब्रेन्ट डिजाइन सहितको स्टाइलिस बोल्ड एक्सटेरियर छ । अघिल्लो भागमा भएको मस्कुलर ग्रिललाई एलईडी डे टाइम रनिङ हेडलाइट (डीआरएल्स) सँग पूर्ण रुपमा एकीकृत गरिएको छ । उच्च ग्राउन्ड क्लियरेन्स र लामो ह्विलबेस भएका कारण नेपाली सडकका लागि पूर्ण रुपमा फिट छ । 

इन्टेरियर डिजाइन पनि मोडर्न र फ्रेस छ भने ड्युअल टोन ड्यासबोर्डले कारको प्रिमियम अपिललाई अझै बढाएको छ । 

फक्सवागन टाइगुनले ९.१ सेकेन्डमै ० देखि १०० किलोमिटर प्रतिघण्टा सम्मको गति लिन सक्छ । यसमा १० इन्च इन्फोटेनमेन्ट सिस्टम, फुल डिजिटल क्लस्टर, फ्रन्ट भेन्टिलेटेड सिट, हिल असिस्ट कन्ट्रोल, इलेक्ट्रिक मुनरुफ, एलईडी टेललाइट लगायतका विभिन्न अत्याधुनिक फिचर पाउन सकिन्छ । 

पत्रकार सम्मेलनमा पुजा इन्टरनेसनल नेपाल प्रा.लि. का सीईओ विवेक बिजुक्छेले भने, ‘फक्सवागन टाइगुनमा भएका ४० भन्दा बढी एक्टिभ र प्यासिभ सेफ्टी फिचरले कार भित्रका यात्रु मात्र होइन, कार बाहिर वरिपरिका व्यक्तिहरुलाई समेत सुरक्षित राख्छ । टायर प्रेसर डिफ्लेसन वार्निङ, बक्स सेन्सर सहितको रिभर्स क्यामेरा, इलेक्ट्रोनिक ब्रेक फोर्स डिस्ट्रिब्युसन, हिल होल्ड कन्ट्रोल, थ्री रियर हेड रिस्ट्रेन्टस आदि यसमा भएका केही एक्टिभ सेफ्टी फिचर हुन् । त्यसैगरी मल्टी–कोलिजन ब्रेक, मजवुत स्टिल स्ट्रक्चर वडी, ६ वटा सम्म एयरब्याग, सबै यात्रुका लागि थ्री प्वाइन्ट सेफ्टी बेल्टलगायत अन्य धेरै प्यासिभ सेफ्टी फिचर यो गाडीमा उपलब्ध छन् । 

यी मध्ये धेरै फिचर देख्न नसकिने भएकाले धेरै चर्चामा आएको पाइदैन । तर सुरक्षाको मामिलामा भने यी फिचर निकै नै महत्वपूर्ण छन् । उदाहरणका लागि कुनै अवस्थामा कार अन्य कारसँग वा वस्तुसगँ ठोकिन गएको अवस्थामा मल्टी–कोलिजन ब्रेकले त्यसलाई अनियन्त्रित हुनबाट रोक्छ र यात्रुहरुलाई थप जोखिमबाट बचाउछ । त्यसैगरी अचानक दुर्घटना भएको अवस्थामा मजवुत स्टिलवडी स्ट्रक्चरले चारैतिरबाट यात्रुलाई पर्नेजाने धक्कालाई कम गराउँछ । 

फक्सवागनमा प्रसिद्ध टीएसआई इन्जिन प्रविधि ब्रान्डकै पायोनियरिङ प्रविधि हो । यस इन्जिनको विशेषता भनुनै परम्परागत पुरानो इन्जिन भन्दा कम सी सीबाट नै अत्धाधिक पावर एक्सिलरेसन र माईलेज दिने हो ।
हलका इन्जिन साइज र थोरै आरपीएम ब्यान्डमा उच्च टर्क प्रदान गर्ने हुदा टाइगुन चलाउदा ग्राहकहरुले फन टु ड्राइभ अनुभव प्राप्त गर्न सकिनेछ । 

सीईओ बिजुक्छेले थप स्पष्ट पार्नुभयो, ‘युरोपेली र चाइनिज बजारमा धेरै नै फ्यान भएका फक्सवागनको लोकप्रिय एसयूभी टी–क्रसलाई आधार मानेर नयाँ एसयूभी टाइगुन उत्पादन गरिएको छ । यसमा टी–क्रसमा भएका सवै विशेष फिचर समावेश गरिएका छन् । यो पावर, पर्फमेन्स, सेफ्टी र कम्फर्टमा कुनै पनि सम्झौता नगरिएको ‘ट्राइड एन्ड टेस्टेड भेइकल’ बनेको छ ।’

कम्पनीले प्रारम्भिक अवस्थामा पहिलो १०० ग्राहकलाई निःशुल्क एसेसरिज र आकर्षक नगद छुट समेत उपलब्ध गराउने भएको छ । प्रथम वर्ष कम्पनीले नेपालमा करीब १००० वटा टाइगुन बिक्री वितरण गर्ने लक्ष्य राखिएको छ ।
टाईगुन मेला 

यो दशैं पर्वलाई लक्षित गरि पुजा इन्टरनेसन नेपाल प्रा.लि ले वान दरवार महल दरवारमार्गमा “ख्यपिकाभकत क्ग्च्एच्क्ष्क्भ्” आगामी तिहार सम्मका लागि टाईगुन मेला लगाने भएको छ । जसमा ग्राहाकहरुले सजिलै उत्त गाडीको टेष्ट ड्राइभ गर्न सकिने र विभिन्न उपहारहरुमा बीएमडब्लु जी३१०जीएस, सुजुकी बर्गम्यान स्कुटी  तथा सामसङ जेड फ्लिप्स ३  जित्न सकिनेछ ।

इच्छुक ग्राहाक महानुभावहरुले उत्त टाईगुन गाडीको टेस्ट ड्राइभ स्थल बाटै बुकिङ्ग, फाइनानसीङ्ग इनसुरेन्स र एकसेञ्ज सुविधा उपयोग गर्न सकिने अवसर उपलब्ध हुने छ । यस वाहेक बालबालिका र परिवारसगं रमाउनका लागि विभिन्न आर्कष्क खेलहरु समेत आयोजना गरिएको छ । 

 

salt training

कमेन्ट गर्नुहोस्