‘बाघ बन्न चाहने बिरालो’

जेन लिरोई र विरेन्गेरी देलापोर्टको बाल पुस्तक ‘बाघ बन्न चाहने बिरालो’ नेपालीमा प्रकाशित भएको छ । 


Advertisement

कथालय इन्कद्वारा प्रकाशित यो पुस्तकको नेपाली अनुवाद बिनोद भण्डारीले गरेका हुन् । पुस्तक पाटे नामक बिरालोमा आधारित छ, जो बाघ बन्ने सपना देखिरहेको हुन्छ ।


Advertisement

वास्तवमा पाटे बाघ जस्तो हुन चाहन्छ । तर, उसको त्यो सानो बिरालो अनुहारले उसलाई झस्काउँछ । कहिलेकाहीँ पाटेलाई आफ्नो छायाँले मात्र आफू बाघजस्तो छु भन्ने भान गराउँछ।

एक दिन पाटेको मालिकलाई पाटेको व्यवहार अनौठो लाग्छ र मालिक उसलाई चिडियाखाना लैजाने निर्णय गर्छ । त्यहाँ पाटेले बाघ देख्छ । ‘ओहो ! बाघ हुनु भनेको त गर्जेर चिडियाखाना आउने मानिसलाई तर्साउनु, डराउँदै हेर्ने मान्छेहरुको अगाडि काँचो मासु खानु, यो त मेरो जीवनकै सपना हो,’ भनेर सोच्छ । 


Advertisement

बालबालिकामा पुस्तक पढेपछि आफूले सोचेको र चाहेको काम मिहिनेत साथ गर्‍यो भने पक्कै पूरा हुन सक्छ भन्ने हौसला दिन्छ । कथालय इन्कद्वारा प्रकाशित यो चित्र कथा ३२ पृष्ठको छ । यस पुस्तकको मूल्य २२५ रूपैयाँ तोकिएको छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्