०७ असार २०८३, आइतबार

अधिकांश खाद्य पदार्थमा मूल्यवृद्धि

असोज १८, २०७८
अधिकांश खाद्य पदार्थमा मूल्यवृद्धि
प्रतिकात्मक तस्वीर

पछिल्लो समय बजारमा अधिकांश खाद्य पदार्थको मूल्यमा वृद्धि भएको छ ।

नेपाल खुद्रा व्यवसायी संघको तथ्यांकअनुसार कोभिड–१९ पछि बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य बढ्न थालेका हो ।
    
पछिल्ला केही दिनयता अण्डा, चामल, चिनी तथा खाने तेलको मूल्यमा उच्च वृद्धि भएको छ । सरकारले चाडपर्वमा खाद्यान्नको अभाव नहुने जनाइसकेको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराईले सरकार तथा निजी क्षेत्रका उद्योगी, व्यापारीसँग पर्याप्त मात्रामा खाद्यान्नको मौज्दात रहेको भन्दै अभाव नहुने जनाएको छ ।

उनले सरकारी कम्पनी र निजी व्यवसायीले दिएको तथ्यांकअनुसार पर्याप्त मौज्दात रहेको भन्दै अभाव नहुने बताएका थिए ।

चाडपर्व शुरू भएसँगै बजार अनुगमनको जिम्मा पाएको विभागका महानिर्देशक प्रकाश पौडेलको सरुवा भएको छ । गत बुधवार सरकारले पौडेलको सरुवा गरेपनि उनको स्थानमा नयाँ महानिर्देशक पठाएको छैन । बुधवार सरुवाको निर्णय भए पनि आइतवारसम्म पौडेल विभागमा नै रहेका थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्