भालुको आक्रमणबाट जुम्लाको गुठीचौर गाउँपालिका– ३ का ८५ वर्षीय निमा लामाको मृत्यु भएकोे छ ।
प्रहरी चौकी झरज्वालाका प्रहरी निरीक्षक कमल श्रेष्ठका अनुसार गुठीचौर गाउँपालिकाको झारज्वाला नजिक बजार आउँदै गर्दा आइतवार भालुको आक्रमणबाट लामाको मृत्यु भएको हो ।
भालुले मान्छे मारेपछि दिनभर झारज्वाला क्षेत्रमा तनाव भएको थियो । भालुले अन्य मानिसलाई आक्रमण गर्न थालेपछि सुरक्षा निकायको टोलीले नियन्त्रणमा लिई गोली हानेर भालु मारेको डिभिजन वन कार्यालय जुम्लाका प्रमुख दिनेश खत्रीले बताए ।
ज्येष्ठ नागरिक लामा गुठीचौरबाट दिउँसो करीब साढे ४ बजे सदरमुकाम आउँदै गरेको अवस्थामा बाटोमा भालुले आक्रमण गरेको थियो ।