१५ असार २०८३, सोमबार

चीनले आक्रमण गर्न सक्ने भन्दै ताइवानले माग्यो अस्ट्रेलियाको सहायता

असोज १८, २०७८
चीनले आक्रमण गर्न सक्ने भन्दै ताइवानले माग्यो अस्ट्रेलियाको सहायता

ताइवान सरकारका एक वरिष्ठ सदस्यले चीनबाट आक्रमणको खतरा रहेको भन्दै अस्ट्रेलियासँग सहायता मागेका छन् । 

परराष्ट्रमन्त्री जोसेफ वुले ताइवानसँग अस्ट्रेलिया लगायत मुलुकले निकट सम्बन्ध बनाउनुपर्ने किनकि ताइवानलाई चीनबाट खतरा रहेको बताए । चीनले ताइवनालाई स्वतन्त्र मुलुक नभई आफ्नै एक प्रान्त मान्ने गरेको छ । 

विगत केही समययता चीनले ताइवानको हवाईक्षेत्रमा व्यापक संख्यामा लडाकू विमान पठाएको छ । तीन दिनमा उसले १०० पटकभन्दा बढी अतिक्रमण गरेको छ । 

‘चीनले ताइवानविरुद्ध युद्ध शुरू गरेमा हामी अन्तिमसम्म लड्नेछौं, त्यो हाम्रो प्रतिबद्धता हो,’ वुले एबीसीको चाइना टुनाइट कार्यक्रममा बताए । 

‘चीनले आक्रमण गरेछ भने उसलाई पनि निकै क्षति पुग्नेमा म विश्वस्त छु,’ उनले थपे । 

वुले यस क्षेत्रमा चीनको महत्त्वकांक्षालाई नियन्त्रणमा राख्न अमेरिका र अस्ट्रेलिया जस्ता मुलुकले समर्थन गर्नुपर्ने बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्