चर्चित बलिउड नायक सिद्धार्थ शुक्लाको अकस्मात निधन भएपछि बलिउड शोकमग्न बन्यो ।
सिद्धार्थको नजिकको साथी शहनाज गिलले आफूले गर्दै आएको काम छाडेकी थिइन् ।
तर अब भने उनले पुनः काम शुरू गर्न लागेको बताइएको छ ।
चलचित्र निर्माताले अब शहनाज काममा फर्कने बताएका हुन् ।
चलचित्र निर्माता दिलजीत थिङले बताएका छन्,म शहनाजको टिममा लगातार टचमै थिएँ । उनले प्रोमोशनल गीतमा शुटिङ युनिटका साथ काम गर्ने वचन दिएकी छन् ।
अक्टोबर ७ मा नयाँ गीतको शुटिङ हुने बताइएको छ ।