
अर्बपति इलोन मस्कसँग छुट्टिएपछि उनकी पूर्वप्रेमिका ग्रिम्सले कार्ल मार्क्सको कम्युनिस्ट मेनिफेस्टो पढ्न थालेको तस्वीर सार्वजनिक भएको छ ।
वास्तविक नाम क्लेयर एलिस बाउचर भएकी ग्रिम्सलाई अमेरिकाको लस एन्जिलिस शहरका सडकहरूमा शुक्रवार देखिएको थियो ।
ग्रिम्सले सन् १८४८ मा आएको पूँजीवादविरोधी कम्युनिस्ट घोषणापत्रको प्रति पढेकी थिइन् । आफूले पापाराजी र मिडियाबाट उक्त पुस्तक पढेको उनले बताइन् ।
मस्कसँग छुट्टिएपनि उनीहरू एकै ठाउँमा बसिरहेका छन् । आफू मस्कसँगै बसिरहेको र कम्युनिस्ट नबनेको उनले बताइन् । पापाराजीले आफूलाई पछ्याइरहेमा उनीहरूलाई मूर्ख बनाउन आफूले अनेकथोक गरिरहने उनको भनाइ छ ।
गत सेप्टेम्बर महिनामा इलोन मस्कले ग्रिम्ससँग अर्ध विभाजन अर्थात् छुट्टिएको तर बच्चाहरूका कारण सँगै बसेको स्थिति रहेको बताए ।