×

NMB BANK
NIC ASIA

दशैंमा घुमघाम

दशैंका लागि ‘टूर प्याकेज’को होडबाजी: मुस्ताङदेखि रारासम्म जान विभिन्न अफर दिँदै ट्राभल एजेन्सी

असोज १९, २०७८

NTC
फाइल तस्वीरमा मुस्ताङ
Premier Steels

‘पहिले देश अनि मात्र विदेश’ भन्ने नारासहित काठमाडौंको सोह्रखुट्टेमा रहेको स्नोवी ड्रिम वर्ल्ड होलिडेजले उपत्यकाबाहिर घुम्नका लागि विभिन्न अफरहरू सार्वजनिक गरेको छ ।

Muktinath Bank

कोरोना महामारी विस्तारै कम हुँदै जाँदा पुनः पर्यटन क्षेत्र चलायमान बन्दै गरेको अवस्थामा कम्पनीले घुमफिरका विभिन्न प्याकेज सार्वजनिक गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कम्पनीले मुक्तिनाथ मन्दिर, पोखरा, लुम्बिनी, चितवनलगायत विभिन्न धार्मिक एवं पर्यटकीय क्षेत्रहरूमा जानका लागि विभिन्न किसिमका अफर सार्वजनिक गरेको छ । 


Advertisment
Nabil box
Kumari

यस कम्पनीले मात्र हैन अहिले प्रायः कम्पनीले छुट्टाछुट्टै दररेटमा घुमफिरको प्याकेज सार्वजनिक गरिरहेका छन् । 

Vianet communication

नेपालीहरूको महान चाड दशैं नजिकिँदै गर्दा पर्यटन क्षेत्रमा काम गर्दै आएका यस्ता कम्पनीले विशेष किसिमका अफरहरू सार्वजनिक गर्ने होडबाजी नै चलाएका छन् । 

कोरोना महामारीले करीब २ वर्ष थलिएको पर्यटन व्यवसाय अब भने बिस्तारै चलायमान हुने दिशामा छ । 

मुलुकमा कोरोना भाइरसविरुद्धको खोपको उपलब्धताले पनि अहिले पर्यटनको माहोल शुरू हुन थालेको पर्यटन व्यवसायीहरू बताउँछन् । 

उसो त असोज महिनादेखि पर्यटनका लागि मौसम अनुकूल हुन्छ ।

कोभिडले अघिल्ला वर्षहरूमा घरभित्रै बसिरहेका नेपालीहरू अब भने मौसम अनुकूलता र नजिकिँदो दशैंतिहारका कारण घुमफिरका लागि तयार भएका छन् । 

कुन ट्राभल एजेन्सीमा कस्तो अफर ? 

काठमाडौंमा रहेको शुभयात्रा एडभेन्चर्स एन्ड टुर्सले दशैंलक्षित विशेष अफर सार्वजनिक गरेको छ । 

कम्पनीले विशेष गरी मुक्तिनाथ, अप्पर मुस्ताङ, रारा, कालिञ्चोक, हलेसी महादेव, चितवन, लुम्बिनी तथा पाल्पा भ्रमणमा विभिन्न शुल्कहरू सार्वजनिक गरेको छ । जुन सामान्य अवस्थामा भन्दा कम्तिमा पनि १ हजारसम्मले सहुलियत पर्ने कम्पनीको दावी छ । 

यस्तै गौतम होलिडेजले दशैंतिहार लक्षित एक सयभन्दा बढी गन्तव्यहरूमा जानका लागि विशेष प्याकेज सार्वजनिक गरेको छ । 

मुक्तिनाथ, जोमसोम, कालिञ्चोक, बन्दिपुर लगायतका ठाउँहरू घुम्न जानका लागि सस्तो दररेट कायम गरिएको कम्पनीका सञ्चालक उत्तम गौतमले जानकारी दिए । 

‘कोरोना महामारीका कारण घरभित्रै गुम्सिएका नेपाली पर्यटकहरू कोरोना खोप लगाइसकेपछि भने घुमफिरका लागि उत्साहित छन्, उहाँहरूको सहजताका लागि दशैं विषेश सस्तो अफर तथा प्याकेज सार्वजनिक गरेका हौं,’ लोकान्तरसँग उनले भने । 

उनले कोरोना महामारीले २ वर्ष थला पारेको पर्यटन व्यवसाय अब भने चलायमान हुन थालेको समेत सुनाए । 

यस्तै मुक्तिनाथ, अप्पर मुस्ताङ, रारा, कालिञ्चोक, हलेसी महादेव लगायतका स्थानमा जानका लागि भक्तपुर होलिडेजले पनि अफरहरू सार्वजनिक गरेको छ । विभिन्न मितिमा घुम्न जानका लागि अफर तयार गरिएको कम्पनीले जनाएको छ ।

कोरोना खोप लगाइसकेको अवस्थामा घुमफिरको माहोल सिर्जना भइरहेको भन्दै दशैंलक्षित अफर सार्वजनिक गरेको भक्तपुर होलिडेजले जनाएको छ । 

कम्पनीका कर्मचारीले भने, ‘पैसाको हिसाबमा पनि ४ दिनको प्याकेजमा हजार रुपैयाँ कम हुनु राम्रो कुरा हो । घुमफिरमा निस्कनेहरूलाई प्याकेज वा अफरमार्फत घुम्न आकर्षित गराउनका लागि पनि हामीले आकर्षक प्याकेज ल्याएका हौँ ।’

कस्तो छ ट्रेन्ड ?

अहिले चाडपर्वको आसपासमा घुम्न जानेहरू धेरै रहेका छन् । ट्राभल एजेन्सीहरूलाई पनि अहिले दौडधुप नै रहेको छ । 

‘शनिवार मात्रै पनि ५ वटा जीपमा पर्यटकहरूलाई विभिन्न ठाउँमा घुम्न पठायौँ,’ भक्तपुर होलिडेजका एक कर्मचारीले भने । 

अहिले विशेष गरी मुस्ताङ, कालिञ्चोक, तिलिचो तथा रारा जानेहरूको बढी भीड छ । 

सामान्य अवस्थामा भन्दा अहिले अफरहरू सार्वजनिक भइरहँदा बूकिङ बढिरहेको छ । 

यसरी घुम्न जाने र घुम्न जान चाहनेहरूमा बढीजसो परिवार नै रहेका छन् । 

‘कोभिडले उकुसमुकुस भइरहेको अवस्थामा घुम्न जाने अफर आउन थालेपछि सपरिवार नै घुम्न निस्कने नयाँ ट्रेन्ड शुरू भएको छ,’ गौतम होलिडेजका सञ्चालक उत्तम गौतम बताउँछन् । 

उनका अनुसार विगतमा प्रायः साथीभाइहरू घुम्न जाने ट्रेन्डको विकास भएको थियो । ‘कोरोनापछि भने परिवारलाई नै घुमाउने ट्रेन्डको विकास भइरहेको छ, यसले परिवारमा समेत ऊर्जा तथा उमंग दिन्छ,’ सञ्चालक गौतमले भने ।

‘अफरहरू आउनु सकारात्मक’

नेपाल एसोसिएशन अफ टुर एन्ड ट्राभल्स एजेन्टस् (नाट्टा)का अध्यक्ष अच्युत गुरागाईंले अहिले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि ट्राभल एजेन्सीहरूले विभिन्न किसिमको अफर सार्वजनिक गर्नु सकारात्मक भएको बताए । 

उनले पर्यटन उद्योगहरूले विभिन्न अफरहरू सार्वजनिक गर्दा आन्तरिक पर्यटकहरूलाई राहत मिल्ने र घुमफिरका लागि उत्साह जाग्ने अवस्था सिर्जना हुने बताए । 

तर सरकारले भने अझै पनि मुलुकमा पर्यटन व्यवसाय प्रवद्र्धनका लागि नीति नबनाएको भन्दै अध्यक्ष गुरागाईंले गुनासो गरे । 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x