२३ असार २०८३, मंगलबार

कृष्णनगरमा झाडापखालाको प्रकोप : २ जनाको मृत्यु, २०० बढी बिरामी

कृष्णनगरमा झाडापखालाको प्रकोप : २ जनाको मृत्यु, २०० बढी बिरामी

कपिलवस्तुको कृष्णनगरमा झाडापखालाको प्रकोप फैलिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार कृष्णनगर नगरपालिका–७, ८ र ९ मा सोमवार रातिदेखि झाडापखाला र वान्ता गर्ने बिरामी बढेका छन् । 

नगर क्षेत्रमा २०० भन्दा बढी बिरामी परेका छन् भने २ जनाको मृत्यु भएको छ । बिरामीको कपिलवस्तुका विभिन्न अस्पताल र मेडिकलमा उपचार भइरहेको छ । 

स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डेले विभिन्न अस्पतालमा गरी २०० जना बिरामी परेका बताए । उनले भने, ‘२ जनाको मृत्यु भएको भन्ने आएको छ । १ जना घरमा, १ जना मेडिकलमा । पिउने पानी प्रदूषित हुँदा प्रकोप फैलिएको जानकारीमा आयो । कहाँबाट फैलियो भन्ने अझै पत्ता लाग्न सकेको छैन ।’ 

कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले नगरपालिकाको बहादुरगंज, सुखरामपुर, देवानगढिया, जमुनी, दयानगर, विजयनगर, जुमिला, डबरा लगायतका गाउँमा झाडापखाला फैलिएको जानकारी आएको बताए ।

उनले भने, ‘स्वास्थ्य कार्यालय र बुटवलबाट पनि स्वास्थ्यको टोली आएको छ । बिरामीको उपचारका लागि जिल्लाका शिवराज, कपिलवस्तु लगायतका अस्पतालमा बिरामीको उपचार भइरहेको छ ।’ 

salt training

कमेन्ट गर्नुहोस्