१२ असार २०८३, शुक्रबार

हिमालयन बैंकको अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ, आजै गरे पदबहाली

हिमालयन बैंकको अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ, आजै गरे पदबहाली

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले हिमालयन बैंक लिमिटेडका नव नियुक्त अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठलाई आज पद तथा गोपनीयताको सपथ ग्रहण गराएका छन्  । 

अध्यक्ष श्रेष्ठले सपथ ग्रहण पश्चात आजै बैंक अध्यक्षको पद बहाली गरे ।

उनलाई बैंकका संचालक समितिका सदस्य तथा प्रमुख कार्यकारी अधिकृत अशोक राणा लगायत बैंकका वरिष्ठ अधिकृतहरूले स्वागत गरे । 

श्रेष्ठलाई २०७८ साल आश्विन १३ गते बुधबारका दिन बसेको बैंकको ४११ औं   संचालक समितिको बैठकले अध्यक्ष चयन गरेको हो ।

श्रेष्ठ विगत १९ वर्षदेखि निरन्तर हिमालयन बैंक लिमिटेडको संचालक समितिका सदस्य थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्