३१ जेठ २०८३, आइतबार

जनगणनाका लागि घरपरिवारको सूचीकरण कार्य पूरा

असोज १९, २०७८
जनगणनाका लागि घरपरिवारको सूचीकरण कार्य पूरा

राष्ट्रिय जनगणना २०७८ अन्तर्गत पहिलो चरणको घर तथा घरपरिवार सूचीकरण कार्य सम्पन्न भएको छ ।

राष्ट्रिय योजना आयोगको केन्द्रीय तथ्यांक विभागबाट खटिएका सुपरीवेक्षकले सो कार्य पूरा गरेको र छुट भएका घर परिवार भएमा विभागको शुल्क नलाग्ने नम्बर ११७८ मा फोन गरेर जानकारी दिन सकिने विभागले जनाएको छ ।

सूचीकरणको विवरण विभागको वेबसाइटमा समावेश गरिएको छ । आगामी कात्तिक २५ देखि मंसिर ९ गतेसम्म जनगणनाको मूल गणना हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्