आर्यन पक्राउपछि शाहरुखका फ्यानले गरे चिन्ता, भने- हामी साथमा छौं

आर्यन पक्राउपछि शाहरुखका फ्यानले गरे चिन्ता, भने- हामी साथमा छौं

बलिउड बादशाहका रुपमा रहेका अभिनेता शाहरुख खान अहिले समस्यामा छन् । उनका छोरा आर्यन अहिले एनसीबी (लागूऔषध नियन्त्रण ब्यूरो)को हिरासतमा छन्, जसको अवधि ७ अक्टूबरसम्म छ । 


Advertisement

२ अक्टोबरमा आर्यनलगायत ८ जनालाई एनसीबीले पक्राउ गरेको थियो । त्यसपछि आर्यनका साथीहरू अरबाज मर्चेन्ट र मुनमुन धमेचालाई पनि नियन्त्रणमा लिइएको थियो । 


Advertisement

एकातर्फ शाहरुखका छोरा आर्यनको सामाजिक सञ्जालमा मजाक उडाइएको छ भने अर्कोतर्फ शाहरुख र आर्यनको समर्थनमा उत्रिएका छन् । 

शाहरुखको यो कठिन समयमा उनका फ्यानहरूले खुलेर साथ दिएका छन् । 


Advertisement

साथै शाहरुखको घरबाहिरको केही तस्वीर सार्वजनिक भएका छन्, जहाँ उनका फ्यानहरू हातमा पोस्टर लिएर बाहिर उभिएको देख्न सकिन्छ । 

त्यसमा लेखिएको छ, ‘विश्वको हरेक कुनाका फ्यानहरू हामी तपाईंलाई प्रेम गर्छौं, यो परीक्षाको घडीमा हामी तपाईंको साथमा छौं, आफ्नो ख्याल राख्नु किङ ।’

यसका साथै ट्वीटरमा पनि शाहरुख खानको समर्थनमा फ्यानहरू उत्रिएका छन् ।

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्