३१ जेठ २०८३, आइतबार

मेलम्चीका बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीको तलब वृद्धि

असोज २०, २०७८
मेलम्चीका बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीको तलब वृद्धि
प्रतिकात्मक तस्वीर

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले विद्यालयमा कार्यरत बाल विकास शिक्षक, विद्यालय कर्मचारी (लेखापाल) र विद्यालय सहयोगीको तलबमानमा वृद्धि गर्ने भएको छ । 

शिक्षा समितिको मंगलवार बसेको बैठकले तलब वृद्धिको निर्णय गरेको हो । यसै वर्षदेखि लागू हुने गरी विद्यालय, कर्मचारी, बाल विकास सहजकर्ता, विद्यालय सहायक कर्मचारीको तलबभत्ता निर्धारण गरिएको शिक्षा शाखाका अधिकृत सुधीनराज बुढाथोकीले जानकारी दिए ।

जसमा विद्यालय सहायक कर्मचारीका लागि संघीय सरकारबाट प्राप्त १३ हजार ५००, नगरपालिकाबाट ३ हजार ५०० थप गरी मासिक पारिश्रमिक १७ हजार निर्धारण गरिएको छ ।

प्रारम्भिक बाल विकास सहजकर्ताका लागि ८ हजार र नगरपालिकाबाट ७ हजार थप गरी १५ हजार रुपैयाँ निर्धारण गरिएको छ । 

नगरपालिकाबाट नियुक्त गरिएका बाल विकास सहजकर्ताका लागि नगरपालिकाबाट १५ हजार मासिक तलबको निर्धारण गरिएको बुढाथोकीले जानकारी दिए । १ देखि ५ कक्षासम्म सञ्चालित विद्यालयका  सहयोगीलाई संघीय सरकारबाट प्राप्त ६ हजार ५०० र नगरपालिकाबाट ५ हजार ५०० थप गरी १२ हजार निर्धारण गरिएको छ । १ देखि ८, १ देखि १० र १ देखि १२ कक्षासम्म सञ्चालनमा आएको विद्यालयका सहयोगीलाई संघीय सरकारबाट प्राप्त ९ हजार ५०० र नगरपालिकाबाट ५ हजार थप गरी १४ हजार ५०० निर्धारण गरिएको मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्