भदौ ८, २०७८
चीनको छिङ्गहाई प्रान्तस्थित हो सिलमा रहेको विश्व सम्पदा क्षेत्र [भिडियो] https://www.facebook.com/lokaantar/videos/363534432107954
काठमाडाैं | असोज २०, २०७८
राज्यबाट जनताले सेवासुविधा लिँदा अनेक सास्ती भोग्नुपर्छ तर गुर्जुधारास्थित यातायात कार्यालयमा जनताले कर तिर्नै लाग्दा पनि अत्याचार खेप्नुपर्छ ।
कर तिर्नैपर्ने भएकाले अत्याचार खेप्दाखेप्दै पनि दैनिकजसो सयौं मोटरसाइकल गुर्जुधारा पुग्छन्, जहाँ मोटरसाइकलको लाम देख्न सकिन्छ ।
एकातिर दशैंको चटारो, अर्काेतिर यातायात कार्यालयमा कर तिर्न आउनेले यातायात कार्यालयमा भोग्नुपरेको सास्ती ।
विद्युतीय शासन, सुशासन र जनतालाई छिटोछरितो सेवा दिने गफ दिन्छ सरकार तर सर्वसाधारण जनताले राज्यलाई कर बुझाउन पनि सास्ती भोग्नुपर्छ । राज्यलाई कर तिर्न लाइनमा बसेका सर्वसाधारणले गुर्जुधाराको यातायात कार्यालयमा सास्तीमाथि सास्ती भोग्नुपरेको छ ।
कार्यालयमा लाइन बसेका बानेश्वरका नविन जोशी भन्छन्, ‘मलाई त लाइन बस्दाबस्दा वाक्क लागेर आइसक्यो, बरु यो सबै झन्झटबाट मुक्ति पाउन सरकारले अनलाइन प्रणालीमा जानुको विकल्प छैन ।’
गोठाटारबाट मोटरसाइकलको कर तिर्न आएका रमेश डोटेल भन्छन्, ‘जबसम्म हाम्रो बुवाको पुस्तालाई फ्याक्न सकिँदैन, तबसम्म हामीले यस्तै झमेला व्यहोरिरहनुपर्नेछ, भित्रैबाट सिस्टम बिगारेका छन्, बाहिर बस्ने कर्मचारीलाई गाली गरेर केही हुँदैन ।’
कलंकीका दिप श्रेष्ठले बिहान ८ बजेदेखि नै लाइनमा बस्दा समेत दिउँसो २ बजेसम्म पालो नआएको गुनासो गरे । ‘यत्रो पैसा तिरेर मोटरसाइकल किनेको छ, सरकारलाई कर पनि तिरेको छ तर पनि हामी जनताले नै सास्ती भोग्नुपरेको छ, अहिलेसम्म खाना समेत खाएको छैन, बिहानदेखि लाइनमा बसेको अहिलेसम्म पालो आएको छैन,’ उनले भने ।
बौद्धबाट आएका पेमा लामाले आज कर तिर्ने कामका लागि अफिस बिदा लिए । ‘यस्तो महामारीको समयमा यस्तो भीडभाड गरेको छ, २–३ घण्टा लाग्ने भनेकोमा दिन नै कट्न थालिसक्यो तर पालो आएको छैन, हामीलाई सरकारले सुविधा दिए राम्रो हुन्थ्यो,’ निराश हुँदै उनले दुःखेसो पोखे ।
सर्वसाधारण चर्को घाम र पानीमा भिजेर कर तिर्न लाइनमा बस्ने गरेका छन् । देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएर ‘गाउँगाउँमा सिंहदरबार’ पुगेको भनिए पनि जनताले राज्यबाट लिने सेवाका लागि सास्ती व्यहोर्नुपरेको छ ।
चीनको छिङ्गहाई प्रान्तस्थित हो सिलमा रहेको विश्व सम्पदा क्षेत्र [भिडियो] https://www.facebook.com/lokaantar/videos/363534432107954
कोरोनाभाइरस (कोभिड- १९) को तेस्रो भेरियन्ट नेपालमा निकै तीव्र गतिमा फैलिएको छ । सरकारले भीडभाड गर्न रोक लगाएको छ भने यातायात पनि जोरबिजोरका आधारमा मात्र सञ्चालन गर्न निर्देशन दिइसकेको छ । पछिल्ल...
व्यस्त सडकमा पुगेर केहीबेर उभिनुभयो भने साइरन बजाउँदै कैयन एम्बुलेन्स हुइँकिएका भेटिन्छन् । यसरी हुइँकिने एम्बुलेन्सभित्र कोही न कोही बिरामी वा घाइते व्यक्ति त हुन्छ नै । कतिपय त मृत्युसँग नै लडिरहेका हुन्छन् ...
ललितपुरको सातदोबाटो–गोदावरी रुटमा पर्ने ठैबभन्दा अलि माथि पर्ने गोदामचौरका स्थानीय वासिन्दा हुन् राम कार्की । उनलाई दैनिकजसो घरदेखि लगनखेलसम्म ओहोरदोहोर गरिरहनुपर्छ । पहिला आफ्नै गाडीमा २० मिन...
केही दिनदेखि देशभर डेंगु महामारीकैरूपमा फैलिइरहेको छ । लामखुट्टेको टोकाइबाट लाग्ने यो रोगबाट हजारौ व्यक्ति प्रभावित भएका छन् । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा प्यासेजमा समेत बेड रा...
सामान्यतया रूपान्तरण भन्नाले कुनै पनि वस्तुको रूप वा गुणमा परिवर्तन वा बदलाव, संस्था, समाज या व्यक्तिको चेतना वा गुणवत्तामा आधारभूत परिवर्तन वा सुधार भन्ने जनाउँछ । अंग्रेजीमा 'ट्रान्सफर्मेशन'...
हाम्रो सडकमा सधैँ एउटा नारा गुञ्जिरह्यो, ‘भ्रष्टाचारीलाई फाँसी दे !’ यो नारा सडकले त सुन्यो, तर सदनले कहिल्यै सुनेन । सर्वसाधारण जनता आजित भएर भ्रष्टाचारीलाई ‘मारिदे’ भनेका हुन् । नागर...
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रपञ्चको पूरै पर्दाफास हुन अझै केही समय लाग्ला । यो प्रकरणलाई नेपाली समाजको चेत रत्तिभर बदलिएको छैन भन्ने एउटा गतिलो उदाहरणका रूपमा लिन सकिन्छ । गणतन्...