×

NIC ASIA

बजार अनुगमन तीव्र बनाइँदै

असोज २२, २०७८

Prabhu Bank
NTC
फाइल तस्वीर
Premier Steels

जिल्ला प्रशासन कार्यालय सुर्खेतले बजार अनुगमनलाई तीव्र बनाएको छ । प्रशासनले एक सातादेखि यहाँका विभिन्न पालिकामा अवस्थित बजारको अनुगमन थालेको हो ।

Muktinath Bank

जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकतृ पदमलाल लामिछानेको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, स्थानीय तह, प्रहरी तथा राष्ट्रिय उपभोक्ता अधिकार मञ्चका प्रतिनिधिको संयुक्त टोलीले यहाँका भेरीगङ्गा, गुर्भाकोट नगरपालिका तथा सिम्ता गाउँपालिकाका बजारमा अनुगमन गरेको छ । अनुगमनका क्रममा टोलीले रु ३५ हजार बराबरको अखाद्य वस्तु बरामद गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी श्रीशम्शेर रानाले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले भने, “अनुगमनका क्रममा पाँच दिनअघि प्रशासनले वीरेन्द्रनगर नपा–६ सुर्खेत शनिहल लाइनमा रहेको भुसाल अर्डर एण्ड सप्लायर्समाथि छापा हान्दा ३१ बोरा म्याद सकिएको म्याङ्गो चक्लेट जफत गरी नष्ट गरिएको छ ।”


Advertisment
Nabil box
Kumari

गत भदौ १९ गते कर छली गरेको भन्दै उक्त सप्लायर्स आन्तरिक राजस्व कार्यालयले पनि छापा हानेर ४०९ प्याकेट अवैध सुर्तीजन्य पदार्थ बरामद गरी सञ्चालक लक्ष्मीप्रसाद भुसाललाई कारबाही प्रक्रिया अगाडि बढाएको थियो ।

Vianet communication

त्यसैगरी प्रशासनको अगुवाइमा सुर्खेतका पूर्वी क्षेत्रमा अवस्थित सिम्ता गाउँपालिकाको राकम, जामुने तथा गुर्भाकोट नगरपालिकाको बोटेचौर, मेहलकुना र भेरीगङ्गा नगरपालिकाको छिन्चु बजार क्षेत्रमा पनि प्रशासनले अनुगमन गरेको छ ।

अनुगमनका क्रममा खाद्य, किराना तथा विभिन्न उपभोग्य साम्रगी बिक्री वितरण गर्ने २५ पसलबाट म्याद नाघेका वस्तु बरामद गरिएको सूचना अधिकारी रानाले बताए । त्यसमा खाद्य मिति सकिएका खाद्य वस्तु मिन्टु मसला, दालमोट नरिवल लड्डु, केक, क्रिप्स चिप्स, नागिन, दाल, सुजी, काजु केक, चिउरा, केबी हिरो मिठाइ, क्रिम मिल्क र हरियो मटर गरी ३०७ पोका तथा कोल्ड ड्रिङ्स पाँच दर्जन बरामद गरिएको उनले जनाए।

उहाँका अनुसार बरामद गरिएका अखाद्य वस्तु सम्बन्धित पालिकाका प्रमुख प्रशासकीय अधिकृतको रोहवरमा अनुगमन टोलीले जलाएर नष्ट गरेको छ । अनुगमनकै क्रममा भेरीगङ्गा नगरपालिकाको छिन्चु बजारमा रहेको बराल इन्टरप्राइजेज र स्याङ्जा खाद्य पसलको गोदामबाट केही खाद्य वस्तुको नमूना सङ्कलन कार्य गरिएको थियो ।

दसैँ तथा तिहारमा नागरिकको खाद्य अधिकारलाई सुरक्षित गर्न तथा बजारलाई व्यवस्थित बनाउन अनुगमनकारी कार्यलाई तीव्रता दिइएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए ।

सबैले देख्ने गरी कानुनबमोजिमको भाडादर बसपार्क क्षेत्र, काउण्टर र प्रतिक्षालयमा टाँस्न, कोभिड–१९ अन्तर्गत स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न, क्षमताअनुसार यात्रु चढाउन, गाडीको अवस्था बुझेर मात्र सञ्चालन गर्न, यात्रुको भीडभाड हुने मुख्य–मुख्य बसपार्कमा यात्रु सहायता कक्षा राख्नेलगायतका निर्देशन यातायात व्यवसायीलाई दिइएको उनले बताए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x